images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • काठमाडौँमा दुईदिने ‘इण्डियन एजुकेशन फेयर’ सुरु,...

काठमाडौँमा दुईदिने ‘इण्डियन एजुकेशन फेयर’ सुरु, भारतीय विश्वविद्यालयबारे एकै थलोमा जानकारी

काठमाडौँमा दुईदिने ‘इण्डियन एजुकेशन फेयर’ सुरु, भारतीय विश्वविद्यालयबारे एकै थलोमा जानकारी

images
images
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • काठमाडौँ । नेपाली विद्यार्थीलाई भारतीय विश्वविद्यालय तथा कलेजबारे जानकारी उपलब्ध गराउने उद्देश्यले काठमाडौँमा दुईदिने ‘इण्डियन एजुकेशन फेयर’ सुरु भएको छ। समृद्धि एजुकेशन कन्सल्टेन्सीको आयोजना तथा इन्ट्रोडक्सन ट्रेडसोज नेपाल प्रा.लि.को व्यवस्थापनमा शुक्रबारदेखि काठमाडौँको एभरेस्ट होटलमा मेला सुरु भएको हो। शैक्षिक मेलामा नेपालका विभिन्न शैक्षिक परामर्श संस्थामार्फत भारतीय कलेज तथा विश्वविद्यालयका प्रतिनिधि सहभागी छन्। मेलामा प्लस-टु तथा स्नातक तह पूरा गरेका वा उच्च शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई निःशुल्क शैक्षिक परामर्श प्रदान गरिने मेलाका व्यवस्थापक इन्ट्रोडक्सन ट्रेडसोज नेपाल प्रा.लि.का प्रतिनिधि सुमन महर्जनले जानकारी दिए।

    images
    images

    उनका अनुसार विद्यार्थीले भारतीय विश्वविद्यालयमा उपलब्ध अध्ययन कार्यक्रम, छात्रवृत्ति, भर्ना प्रक्रिया, शुल्क, छात्रावास, खानपान, अध्ययन खर्च तथा अन्य सुविधाबारे जानकारी प्राप्त गर्न सक्नेछन्। हालै प्लस-टुको नतिजा सार्वजनिक भएकाले आगामी अध्ययन र विषय छनोटबारे अन्योलमा रहेका विद्यार्थीलाई मेला उपयोगी हुने उनले बताए।महर्जनले भने, ‘भर्खरै प्लस टुको परीक्षा दिएका विद्यार्थीहरूका लागि भविष्यमा के पढ्ने, कुन विषय रोज्ने र कहाँ गएर अध्ययन गर्ने भन्ने विषयमा धेरै जिज्ञासा र अन्योल हुनसक्छ। त्यसैलाई मध्यनजर गर्दै आयोजना गरिएको ‘इन्डिया वान कन्ट्री इभेन्ट’ मा सहभागी भएर विद्यार्थीले भारतमा अध्ययनसँग सम्बन्धित सम्पूर्ण जानकारी एकै स्थानबाट प्राप्त गर्न सक्नेछन्। यहाँ भारतका उत्कृष्ट विश्वविद्यालयहरू, उपलब्ध छात्रवृत्ति, अध्ययन प्रक्रिया, विभिन्न कलेज तथा विश्वविद्यालयले प्रदान गर्ने छुट र स्कलरसिप, साथै होस्टेल, खानपान, शुल्क र अन्य आवश्यक सुविधाबारे विस्तृत जानकारी उपलब्ध हुनेछ। त्यसका साथै, आफ्नो रुचि र भविष्यअनुसार कुन विषय छनोट गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा विशेषज्ञबाट काउन्सेलिङ लिने अवसर पनि प्राप्त गर्नुहुनेछ।’

    इच्छुक विद्यार्थीलाई मेला अवलोकन गरी विशेषज्ञसँग परामर्श लिन आयोजकले आग्रह गरेको छ। शनिबारसम्म चल्ने मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend