images

२०८३ कार्तिक ४ गते

images
images
images

भोलि बस्दै अरुण भ्याली हाइड्रोपावर साधारणसभा

भोलि बस्दै अरुण भ्याली हाइड्रोपावर साधारणसभा

images
images
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौं ।  अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सत्ताइसौं वार्षिक साधारणसभा भोलि बस्दैछ । 

    images
    images

    सभा गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजे शुरू हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र ०।१५७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

    यसका साथै गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

    images
    images

    त्यस्तै ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि समावेश गरिएका छन् ।

    सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ५ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसका आधारमा कात्तिक ४ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend