images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह :...

सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह : २ हजार ४ सय ८९ विद्यार्थी दीक्षित

सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह : २ हजार ४ सय ८९ विद्यार्थी दीक्षित

images
images
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले शुक्रबार कञ्चनपुरको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालय परिसरमा छैटौँ दीक्षान्त समारोह सम्पन्न गरेको छ। समारोहमार्फत शिक्षा, व्यवस्थापन, मानविकी, इन्जिनियरिङ, कृषि विज्ञान तथा विज्ञान तथा प्रविधि गरी ६ वटा संकायका २ हजार ४ सय ८९ जना स्नातक, स्नातकोत्तर, एमफिल तथा पीएचडी तहका विद्यार्थीलाई दीक्षित गरिएको विश्वविद्यालयले जनाएको छ।दीक्षान्तका लागि ठुलो सङ्ख्यामा विद्यार्थी योग्य भए पनि समारोहमा ७ सय ६७ जना विद्यार्थी मात्र भौतिक रूपमा सहभागी भएका थिए। विश्वविद्यालयका परीक्षा नियन्त्रक अनुराधा रोकायाका अनुसार शिक्षा संकायबाट २४२, व्यवस्थापनबाट २३९, मानविकीबाट १८२, इन्जिनियरिङबाट ५३, कृषि विज्ञानबाट ३३ तथा विज्ञान तथा प्रविधिबाट १८ जना विद्यार्थी समारोहमा प्रत्यक्ष सहभागी भएका थिए। समारोहमा उत्कृष्ट विद्यार्थीलाई स्वर्ण तथा डिन पदक प्रदान गरिएको छ ।

    images
    images

    यस वर्ष ललित कार्की, दुर्गा देवी, निशान्त चन्द, प्रेमबहादुर रोकाया, दिवाकर पन्त, भरत साउँद, कविता जोशी, रजिन बोहरा र कैलाशराज भट्ट स्वर्ण पदकबाट सम्मानित भएका छन्। त्यस्तै, मथुराप्रसाद उपाध्याय, कैलाशराज भट्ट, आयुसा जोशी र भरत साउँदले डिन पदक प्राप्त गरेका छन्।व्यवस्थापन संकायका निशान्त चन्दलाई प्रदान गरिने भनिएको चान्सलर पदक भने उच्च अदालतमा परेको रिटका कारण वितरण गरिएन। छात्रा रेखा भट्टले पदक छनोट प्रक्रियामा असहमति जनाउँदै रिट दायर गरेपछि चान्सलर पदक वितरण स्थगित गरिएको हो। कृषि विज्ञान संकायका कैलाशराज भट्टलाई प्रदान गरिने भनिएको भाइस चान्सलर पदकसम्बन्धी विषयमा पनि विश्वविद्यालयले आवश्यक प्रक्रिया अगाडि बढाउने जनाएको छ।यस वर्षको दीक्षान्त समारोहको अर्को विशेष आकर्षण डा.तुलसीकुमारी शर्मा रहिन्। उनी सुदूरपश्चिम विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्ने पहिलो महिला बनेकी छन्।

    विश्वविद्यालयका सहकुलपति तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा दीक्षान्त समारोह सम्पन्न भएको हो। जसमा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, पूर्वमन्त्री तथा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।विश्वविद्यालयका निर्देशक हरिश भट्टले दीक्षान्त समारोह विद्यार्थीहरूको उत्सव भएकाले अभिभावकसहित उत्साहजनक रूपमा मनाइएको बताए। कार्यक्रममा संस्कृतविद् तथा साहित्यकार प्राडा.तुलसीप्रसाद जोशी प्रमुख अतिथिका रूपमा सहभागी भए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend