images

२०८३ कार्तिक ४ गते

images
images
images

राष्ट्र बैंकमा असर्फी किन्नेको भिड

राष्ट्र बैंकमा असर्फी किन्नेको भिड

images
images
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकमा असर्फी किन्नेहरूको भिड लागेको छ।

    images
    images

    मंगलबारदेखि सुरू भएको यमपञ्चक (तिहार)अन्तर्गत आज धन्तेरस मनाइँदैछ। धन्तेरसका दिन असर्फी राखेर पूजा गर्ने प्रचलन छ।राष्ट्र बैंकले मंगलबार एक दिनमात्रै असर्फी बिक्री गर्ने भनेपछि बिहानैदेखि मानिसहरूको भिड लागेको हो।

    सर्वसाधारणले खरिद गर्न पाउने यो सुनको असर्फी २.५ ग्रामको हुनेछ। मंगलबार बिहान ११ बजेदेखि बिक्री खुला भएको बैंकमा मौज्दात बाँकी रहेमा ४ बजेसम्म बिक्री खुला रहनेछ।चाँदीको स्मारिका तथा मेडालियन भने कात्तिक ११ गतेदेखि १४ गतेसम्म बिक्री हुने भएको छ। प्रतिव्यक्तिले अधिकतम पाँच थानसम्म चाँदीका सिक्का किन्न पाउने भएका हुन्।

    images
    images

    गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम गरी पाँच थान सिक्का किन्न पाइन्छ।यस वर्षबाट चाँदीका मेडालियनको मूल्य समेत बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ। प्रतिसिक्का तथा मेडालियनको दुई सयदेखि ६५० रूपैयाँसम्म मूल्य बढेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend