images

२०८३ आश्विन १६ गते

images
images
images
  • अन्य
  • रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिम वाग्ले सर्वाधिक...

रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित, सोबिता गौतम दोस्रो स्थानमा

रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित, सोबिता गौतम दोस्रो स्थानमा

images
images
बिहिवार, आषाढ ११ २०८३
बिहिवार, आषाढ ११ २०८३
  • काठमाडौं, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणामअनुसार उनले खुलातर्फ २ हजार ६०७ मत र प्रवासतर्फबाट ४९ मतसहित कुल २ हजार ६५६ मत प्राप्त गरेका छन्।

    images
    images

    NDA dAHI cHIWURA.jpg

    त्यसैगरी रास्वपाकी नेतृ तथा सांसद सोबिता गौतम दोस्रो धेरै मत ल्याउने उम्मेदवार बनेकी छन्। उनले खुलातर्फ २ हजार ५९४ मत प्राप्त गरेकी छन्। प्रवासतर्फबाट प्राप्त मतसमेत अन्तिम परिणाममा जोडिने जनाइएको छ।

    images
    images

    रास्वपाको केन्द्रीय समिति चयनका लागि भएको निर्वाचनमा पार्टीभित्रका प्रभावशाली नेताहरूबीच प्रतिस्पर्धा देखिएको थियो। सर्वाधिक मत प्राप्त गर्दै वाग्लेले पार्टीभित्र आफ्नो लोकप्रियता र संगठनात्मक प्रभाव पुनः पुष्टि गरेका छन् भने गौतमले पनि उल्लेखनीय मतसहित नेतृत्व तहमा आफ्नो बलियो उपस्थिति कायम राखेकी छन्।

    निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुने क्रम जारी रहेकाले अन्य पद तथा सदस्यहरूको मतपरिणाम क्रमशः सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व तथा केन्द्रीय समिति चयन गर्दै संगठनलाई थप सुदृढ बनाउने लक्ष्य राखेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend