images

२०८३ आश्विन १६ गते

images
images
images

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा २ खर्ब २१ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा २ खर्ब २१ अर्ब राजस्व सङ्कलन

images
images
बिहिवार, आषाढ ११ २०८३
बिहिवार, आषाढ ११ २०८३
  • वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब ७८ करोड राजस्व सङ्कलन गरेको छ ।  कार्यालयले चालु आवमा रु दुई खर्ब ४९ अर्ब १९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर,सो अवधिमा भने लक्ष्यको ८९ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको हो ।वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको ११ महिनामा राजस्व सङ्कलन उत्साहजनक भएको दाबी गरे ।‘‘कार्यालयले गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको ११ महिनाको अवधिमा नौ प्रतिशत बढी अर्थात रु १७ अर्ब ९७ करोड राजस्व सङ्कलन भएको छ’’, उनले भने । कार्यालयले गत आवको ११ महिनामा भने रु दुई खर्ब तीन अर्ब ८१ करोड राजस्व सङ्कलन गरेको थियो ।

    images
    images

    भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रू दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । कार्यालयले चालु आवको साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७४ करोड, असोजमा रु १९ अर्ब नौ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड, मङ्सिरमा रु २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको थियो ।पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुनमा रू १९ अर्ब ३४ करोड र चैतमा रु २२ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले वैशाखमा रु २१ अर्ब ७४ करोड राजस्व सङ्कलन गरेको छ । जेठ महिनामा रु २२ अर्ब ३२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै आठ खर्ब ९० अर्ब सात करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको छ ।

    गत आवको ११ महिनाको अवधिमा भने सात खर्ब ७० अर्ब मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । चालु आवको ११ महिनामा यो नाका हुँदै रु ९९ अर्ब ६६ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशीमुलुक निर्यात भएको छ । गत आवको ११ महिनामा भने ९६ अर्ब ७२ करोड मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend