images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • कक्षा १२ नतिजा विवादबारे विद्यार्थी आन्दोलन,...

कक्षा १२ नतिजा विवादबारे विद्यार्थी आन्दोलन, माइतीघरमा प्रदर्शनको तयारी

कक्षा १२ नतिजा विवादबारे विद्यार्थी आन्दोलन, माइतीघरमा प्रदर्शनको तयारी

images
images
बिहिवार, आषाढ ११ २०८३
बिहिवार, आषाढ ११ २०८३
  • काठमाडौँ । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन्। नतिजा प्रकाशन तथा मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरूले निष्पक्ष छानबिन र पारदर्शिताको मागसहित आन्दोलनको घोषणा गरेका हुन्।

    images
    images

    आन्दोलनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साहलगायत विद्यार्थीहरूले गरिरहेका छन्। सामाजिक सञ्जालमार्फत देशभरका विद्यार्थीलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ।

    आन्दोलनका अगुवाहरूले नतिजा प्रकाशनमा हतार गर्दा मूल्याङ्कनमा त्रुटि भएको दाबी गरेका छन्। उनीहरूका अनुसार अपेक्षाभन्दा फरक नतिजा आएका कारण धेरै विद्यार्थी उच्च शिक्षा, छात्रवृत्ति तथा अन्य शैक्षिक अवसरबाट प्रभावित भएका छन्।

    images
    images

    विद्यार्थीहरूले निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनर्परीक्षण, मूल्याङ्कन प्रक्रियाको पारदर्शिता तथा निष्पक्ष छानबिनको माग अघि सारेका छन्। आयोजकहरूले प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त भइसकेको र कार्यक्रमलाई शान्तिपूर्ण बनाउन नेपाल प्रहरीसँग आवश्यक समन्वय गरिएको बताएका छन्।

    नतिजापछि विद्यार्थीहरू मानसिक तनावमा रहेको र केही दुःखद घटना समेत भएको उल्लेख गर्दै आन्दोलनकारीहरूले यो विषय केवल अंकको नभई हजारौँ विद्यार्थीको भविष्यसँग जोडिएको गम्भीर सवाल भएको बताएका छन्। मागहरूको सुनुवाइ नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend