images

२०८३ आश्विन १६ गते

images
images
images

बकैयाको बजेट ८९ करोड ५० लाख रुपैयाँ

बकैयाको बजेट ८९ करोड ५० लाख रुपैयाँ

images
images
बुधवार, आषाढ १० २०८३
बुधवार, आषाढ १० २०८३
  • मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को ८९ करोड ५० लाख ४४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बकैया गाउँपालिकाको गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न  ८९ करोड ५० लाख ४४ हजार रुपैयाँको बजेट प्रस्ताव गरेका हुन् ।कुल बजेटमध्ये चालुतर्फ ६३ करोड १३ लाख १९ हजार रुपैयाँ (७१.४३ प्रतिशत) र पुँजीगततर्फ २५ करोड ३७ लाख २५ हजार रुपैयाँ (२८.५७ प्रतिशत) खर्च प्रस्ताव गरिएको छ। बकैया निर्माणको मूल आधार स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र वातावरणमैत्री पूर्वाधारको विकास गर्ने उद्देश्यका साथ बजेट तर्जुमा गरिएको उनले बताए ।

    images
    images

    उनका अनुसार आगामी आर्थिक वर्षको लागि तय गरिएको बजेटको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारको वित्तीय समानीकरण, राजस्व बाँडफाँड र सशर्त अनुदानसहित कुल ४९ करोड ७३ लाख रुपैयाँ र बागमती प्रदेश सरकारको अनुदानहरुबाट कुल १३ करोड ५२ लाख ८८ हजार ५१५ रुपैयाँ प्राप्त हुने अनुमान रहेको छ । बकैयाले आन्तरिक स्रोततर्फ ४ करोड ६७ लाख ७५ हजार ८८५ रुपैयाँ र राजस्व बाँडफाँडतर्फ ५ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।सामाजिक विकासको क्षेत्रलाई आगामी आर्थिक वर्षमा विशेष प्राथमिकता दिँदै बकैयाले कुल बजेटको ३३.७० प्रतिशत (१० करोड ३३ लाख ५० हजार रुपैयाँ) विनियोजन गरिएको छ भने पूर्वाधार विकासतर्फ ९ करोड ३७ लाख ५० हजार रुपैयाँ र आर्थिक विकासतर्फ ३ करोड ९६ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन  गरेको छ । बजेटमा शिक्षाको गुणस्तर सुधार र विद्यालय भौतिक सुधारका लागि ४ करोड ३५ लाख रुपैयाँ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्द्धनका लागि २ करोड ५६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    आगामी आर्थिक वर्षको बजेटमा कृषिको व्यवसायीकरण र आधुनिकीकरण गरी खाद्यान्न, दूध र मासुमा आत्मनिर्भर बनाउन २ करोड २८ लाख रुपैयाँ छुट्याइएको छ भने विभिन्न कोष व्यवस्थापन तथा संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ६ करोड ३५ लाख ७५ हजार रुपैयाँ र वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६२ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।बजेटमार्फत गाउँ कार्यपालिकाको कार्यालयसँग करार सेवा सम्झौता गरी कार्यरत कर्मचारीहरूको मनोबल उच्च राख्न खाइपाइ आएको पारिश्रमिकमा १० प्रतिशत वृद्धि गरिएको छ र उनीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने व्यवस्था मिलाइएको उनले बताए । पूर्वाधार विकासका आयोजनाहरूमा नागरिकको अपनत्व र स्वामित्व बोध गराउन १० प्रतिशत लागत साझेदारीको नीति अवलम्बन गरिएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताए ।

    images
    images

    उनका अनुसार सीमित स्रोत र साधनबाट समग्र बकैयावासीको चाहना र विकासलाई सम्बोधन गर्न यो बजेट चुनौतीपूर्ण रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित बजेटको भौतिक प्रगतितर्फ समीक्षा गर्दै उपाध्यक्ष खत्रीले जेठ मसान्तसम्ममा गाउँपालिका स्तरमा ७० प्रतिशत भौतिक प्रगति हासिल भएको र असार मसान्तसम्म पुँजीगत बजेटको भौतिक प्रगति ८५ प्रतिशत पुग्ने संशोधित अनुमान रहेको बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend