images

२०८३ आश्विन १६ गते

images
images
images

बुटवल उपमहानगरद्वारा ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल उपमहानगरद्वारा ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

images
images
बुधवार, आषाढ १० २०८३
बुधवार, आषाढ १० २०८३
  • बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुधबार नगरसभामा बजेट प्रस्तुत गरेकी हुन्।‘समानता, स्वाभिमान र अवसर : बस्न योग्य बुटवल शहर’ भन्ने नारालाई आत्मसात् गर्दै ल्याइएको बजेटमा कुल खर्चमध्ये ५२ प्रतिशत चालु तथा ४८ प्रतिशत पुँजीगत खर्च रहने अनुमान गरिएको छ।बजेटमा सामाजिक विकासतर्फ २८ प्रतिशत र आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट विनियोजन गरिएको उपमहानगरपालिकाले जनाएको छ।

    images
    images

    स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट समानीकरण अनुदान २९ करोड २२ लाख रुपैयाँ, सशर्त अनुदान ९चालु० ५० करोड २५ लाख रुपैयाँ, सशर्त अनुदान ९पुँजीगत० ७ करोड ४ लाख रुपैयाँ, विशेष अनुदान ९० लाख रुपैयाँ तथा समपूरक अनुदान २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।त्यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान २ करोड ३ लाख ६५ हजार रुपैयाँ, सशर्त अनुदान ९चालु० ५६ लाख ५० हजार रुपैयाँ, सशर्त अनुदान (पुँजीगत) १ करोड ७३ लाख रुपैयाँ, समपूरक अनुदान १ करोड ५० लाख रुपैयाँ तथा विशेष अनुदान २० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।राजस्व बाँडफाँडअन्तर्गत सङ्घीय सरकारबाट १९ करोड ४३ लाख ८६ हजार रुपैयाँ र प्रदेश सरकारबाट २ करोड ७५ लाख ६१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।उपमहानगरले आन्तरिक स्रोतबाट १ अर्ब ५० करोड ३८ लाख ५९ हजार २ सय रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ। यस्तै, स्थानीय राजस्व बाँडफाँडअन्तर्गत विज्ञापन, मनोरञ्जन कर तथा प्राकृतिक स्रोत बिक्रीबाट ७८ करोड ७७ लाख ७८ हजार ८ सय रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend