images

२०८३ आश्विन १६ गते

images
images
images

वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट

वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट

images
images
बुधवार, आषाढ १० २०८३
बुधवार, आषाढ १० २०८३
  • वीरगन्ज । वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८३/०८४ को लागि ४ अर्ब ४२ करोड ३४ लाख ९६ हजार  बराबरको बजेट विनियोजन गरेको छ । महानगरले बुधबार नयाँ बजेट ल्याएको हो ।महानगर प्रमुख राजेशमानसिंह भ्रष्ट्राचार मुद्दामा निलम्बनमा परेपछि उपप्रमुख इम्तियाज आलम कार्यवाहक प्रमुखको जिम्मेवारीमा रहेका छन् । त्यसैले बुधबार वडा नम्बर  ४ का वडाध्यक्ष  जगतप्रसाद कानुले बजेट प्रस्तुत गरेका हुन् । उनले चालू खर्चतर्फ २ अर्ब ४० करोड ३४ लाख ८५ हजार र पुँजीगततर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार बराबरको बजेट विनियोजन गरेका छन् ।  

    images
    images

    सो बजेटमा सङ्घीय सरकारले १ अर्ब ९८ करोड २९ लाख, राजस्व बाँडफाँडबाट २४ करोड, ६८ लाख ८३ हजार, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरण बाट ५ करोड २८ लाख २८ हजार, प्रदेश राजस्व बाँडफाँडबाट १ करोड ७६ लाख १४ हजार, घरजग्गा रजिस्ट्रेसन शुल्क बापत ४५ करोड, आन्तरिक राजस्व १ अर्ब ४८ करोड, गत वर्षको मौजादबाट ४ करोड ६९ लाख ४४ हजार तथा नगर विकास कोषबाट १५ करोड व्यहोर्ने उल्लेख छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend