images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • प्रतिकित्ता रु २७५ मा फर्स्ट माइक्रोफाइनान्स...

प्रतिकित्ता रु २७५ मा फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको शेयर बिक्रीमा

प्रतिकित्ता रु २७५ मा फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको शेयर बिक्रीमा

images
images
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

    images
    images

    बैंकले संस्थापक समूहको २८ हजार ३०१ कित्ता शेयर बिक्रीमा राखेको हो ।

    प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपियाँ तोकिएको उक्त शेयर जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । आवेदन कम्तीमा १ हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता खरिदका लागि दिन सकिनेछ ।

    images
    images

    इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी आफूले लिन चाहेको शेयर संख्या र सोको मूल्यसमेत खुलाई आज (कात्तिक १३) गतेदेखि २७ गतेभित्र मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ ।  

    प्राप्त भएका बोलपत्र कात्तिक २८ गते बिहान ११ बजे मुक्तिनाथ क्यापिटलको कार्यालयमा खोलिने बताइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend