images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • रिडी पावरको वार्षिक साधारणसभा मंसिर ७...

रिडी पावरको वार्षिक साधारणसभा मंसिर ७ गते

रिडी पावरको वार्षिक साधारणसभा मंसिर ७ गते

images
images
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौँ । रिडी पावर कम्पनी लिमिटेडले २३औं वार्षिक साधारणसभा मंसिर ७ गतेका लागि बोलाएको छ । 

    images
    images

    सभा गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे बस्नेछ । यद्यपि कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन ।

    सभाले साझापावर कम्पनीको कुल प्रस्तावित पुँजीको ५५ प्रतिशतका दरले हकप्रदबाट प्राप्त रकम लगानी स्वीकृत गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित भने गर्नेछ ।

    images
    images

    यसका साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायतका अन्य वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र ऋण अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ ।


    सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २९ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । कात्तिक २८ गतेसम्म कायम शेयरधनीले सभामा भाग पाउनेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend