images

२०८३ आश्विन १६ गते

images
images
images

नेपालमा ईभी आयात बढ्दो, ११ महिनामा १० हजारभन्दा बढी विद्युतीय गाडी भित्रिए

नेपालमा ईभी आयात बढ्दो, ११ महिनामा १० हजारभन्दा बढी विद्युतीय गाडी भित्रिए

images
images
बुधवार, आषाढ १० २०८३
बुधवार, आषाढ १० २०८३
  • काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरका १० हजार ८ सय ४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन् ।

    images
    images

    यो अवधिमा पाँच अर्ब ६५ करोड रुपैयाँ बराबरका ५० किलोवाट क्षमताका तीन हजार ६ सय ८० वटा विद्युतीय वाहन आयात भएका छन् । सोही अवधिमा १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबरका ५१ किलोवाटदेखि १०० किलोवाटका छ हजार ३ सय ५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend