काठमाडौँ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले बुक क्लोज मिति तोकेको छ ।
कम्पनीले ५० प्रतिशत हकप्रद शेयर बिक्री प्रयोजनका लागि कात्तिक २१ गतेलाई बुक क्लोज तोकेको हो ।
तसर्थ कात्तिक २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ ।
हाल १ अर्ब ५० करोड रुपियाँ रहेको कम्पनीको चुक्ता पुँजी हकप्रद निष्कासनपछि २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।




.gif)





