images

२०८३ आश्विन १६ गते

images
images
images
  • अन्य
  • बलिउड सुपरस्टार आमिर खानसँग शिव न्यौपानेको...
अर्थसमाचार संवाददाता

बलिउड सुपरस्टार आमिर खानसँग शिव न्यौपानेको विशेष अन्तर्क्रिया : अविस्मरणीय अनुभव

बलिउड सुपरस्टार आमिर खानसँग शिव न्यौपानेको विशेष अन्तर्क्रिया : अविस्मरणीय अनुभव

images
images
शनिवार, आषाढ ६ २०८३
शनिवार, आषाढ ६ २०८३
  • काठमाडौं, असार ६ । नेपालको पहिलो खाद्य शब्दकोश ‘फलाङ फूड डिक्सनरी’ का सर्जक तथा अर्थसमाचारका संवाददाता शिव न्यौपाने ले बलिउड सुपरस्टार आमिर खान सँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने अवसर प्राप्त गरेको स्मरण गरेका छन्। सन् २०१४ मा बहुचर्चित चलचित्र PK को प्रचार–प्रसारका क्रममा आयोजित अन्तर्राष्ट्रिय भिडियो सम्मेलनमा सहभागी हुँदै न्यौपानेले आमिर खानसँग विभिन्न विषयमा संवाद गरेका थिए।

    images
    images

    मेलबर्नस्थित चलचित्र वितरकमार्फत प्राप्त निमन्त्रणापछि आयोजित उक्त कार्यक्रममा विश्वका विभिन्न देशका सञ्चारकर्मी, समीक्षक तथा विश्लेषकहरू सहभागी भएका थिए। सम्मेलनको मुख्य उद्देश्य चलचित्र PK को कथावस्तु, सामाजिक सन्देश र त्यसले उठाएका प्रश्नहरूबारे छलफल गर्नु थियो।

    कार्यक्रमअघि न्यौपानेले चलचित्रको विषयवस्तु, सामाजिक प्रभाव तथा यसले प्रस्तुत गरेका धार्मिक र सांस्कृतिक बहसहरूको अध्ययन गरेका थिए। सोही आधारमा उनले आमिर खानसँग चलचित्र निर्माण प्रक्रिया, कलाकारको सामाजिक उत्तरदायित्व तथा चलचित्रले उठाएका संवेदनशील विषयबारे प्रश्न राखेका थिए।

    images
    images

    न्यौपानेका अनुसार आमिर खानले सबै प्रश्नको जवाफ अत्यन्तै सरल, स्पष्ट र विचारोत्तेजक शैलीमा दिएका थिए। उनले आमिरलाई केवल सफल अभिनेता मात्र नभई समाजप्रति गहिरो जिम्मेवारीबोध भएका सचेत व्यक्तित्वका रूपमा अनुभूति गरेको बताए।

    सन् २०१४ डिसेम्बर १९ मा विश्वव्यापी प्रदर्शनमा आएको चलचित्र PK ले धर्म, आस्था, अन्धविश्वास, मानवता र सामाजिक मूल्यबारे व्यापक बहस सिर्जना गरेको थियो। चलचित्रमा आमिर खानसँगै अनुष्का शर्मा, सुशान्त सिंह राजपूत, बोमन इरानी र सञ्जय दत्त लगायत कलाकारहरूको अभिनय रहेको थियो।

    अन्तर्क्रियाका क्रममा आमिर खानले कलाकारको पेशा चुनौतीपूर्ण भए पनि हरेक पात्रको आफ्नै महत्त्व हुने बताएका थिए। कुनै पनि भूमिकालाई प्रभावकारी रूपमा प्रस्तुत गर्न गहिरो अध्ययन, अनुसन्धान र तयारी आवश्यक पर्ने उनको धारणा थियो। चलचित्रको चर्चित पोस्टरबारे सोधिएको प्रश्नमा उनले दर्शकलाई चलचित्र हेरेपछि आफैं निष्कर्ष निकाल्न आग्रह गर्दै समाजमा खुला बहस हुनुपर्ने आवश्यकता औंल्याएका थिए।

    शिव न्यौपानेका लागि आमिर खानसँगको यो भेट पत्रकारिता तथा सञ्चार यात्राको अविस्मरणीय अध्याय बनेको छ। उनले उक्त अनुभवले आफूलाई अझ जिज्ञासु, जिम्मेवार र विचारशील सञ्चारकर्मी बन्न प्रेरित गरेको बताएका छन्। आमिर खानको सरलता, बौद्धिकता र सामाजिक विषयप्रतिको संवेदनशीलताले आफूलाई गहिरो रूपमा प्रभावित गरेको न्यौपानेको भनाइ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend