images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • समयमै प्रकाशित हुन थाल्यो विश्वविद्यालय र...

समयमै प्रकाशित हुन थाल्यो विश्वविद्यालय र बोर्डको नतिजा

समयमै प्रकाशित हुन थाल्यो विश्वविद्यालय र बोर्डको नतिजा

images
images
शुक्रवार, आषाढ ५ २०८३
शुक्रवार, आषाढ ५ २०८३
  • काठमाडौँ । विभिन्न विश्वविद्यालय र परीक्षा बोर्डले सार्वजनिक गर्ने नतिजा केही समययता समयमै प्रकाशन हुन थालेको छ । विश्वविद्यालयका स्नातक, स्नातकोत्तर र राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतका एसईई र कक्षा १२ को नतिजा समयमै प्रकाशन हुन थालेका हुन् । गत चैत २९ गते एसईईको परीक्षा सम्पन्न भएको थियो । जसको नतिजा वैशाख २८ गते सार्वजनिक भएको थियो ।परीक्षा सम्पन्न भएको ३० दिनमानै राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले एसईईको नतिजा सार्वजनिक गरेको हो । यस भन्दा अगाडि परीक्षा भएको तीनदेखि पाँच महिनासम्म एसईई, कक्षा १२ लगायतको नतिजा सार्वजनिक हुन समय लाग्ने गरेको थियो । नतिजा प्रकाशन हुन कक्षा १० को असारसम्म र कक्षा १२ को असोज/कार्तिकसम्मनै समय लाग्ने गरेको थियो । 

    images
    images

    यस्तै, कक्षा १२ को परीक्षाफल पनि ४० दिनमा प्रकाशन भइसकेको छ । कक्षा १२ को परीक्षा गत वैशाख १४ गते देखि सञ्चालन भएको थियो । परीक्षाको नतिजा शुक्रवार प्रकाशन भएको हो । त्रिभुवन विश्वविद्यालयले समेत पछिल्लो एक वर्षयता अधिकांश परीक्षाको नतिजा एक सय दिनभित्रै सार्वजनिक गर्ने गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जयन्ती सत्यालले सबैको समन्वय र सहकार्यबाट समानान्तर रूपमा काम गर्दा समयमा नतिजा सार्वजनिक गर्न सफल भएको बताइन् । सत्यालले भनिन्, ‘हामीले कार्ययोजना बनाएर काम गरेका थियौँ । उत्तर पुस्तिका परीक्षण र सम्परीक्षणको काम सँगसँगै समानान्तर रूपमा गर्‍यौं । आर्थिक भार परेपनि कार्ययोजना बनाएर काम गर्दा नतिजा प्रकाशन छिटो गर्न सफल भयौँ ।’ 

    त्रिभुवन विश्वविद्यालयका प्रवक्ता नवीन्द्र भण्डारीले त्रिविले एक सय दिनभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएर काम गरेको बताए । भण्डारीले भने, ‘हाम्रा अधिकांश परीक्षाका नतिजाहरू एक सय दिन भित्रनै प्रकाशन हुन थालेका छन् । यो सम्भव भएका स्रोत साधनको समुचित परिचालन भएर भएको हो ।’त्रिविमा नतिजा ढिलो आउने गरेको भन्दै पटक पटक गुनासो आउने गरेको थियो । ती गुनासो आन्तरिक रूपमा व्यवस्थापन गरिएकै कारण नतिजा छिटो सम्भव भएको उनको भनाइ छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रवार मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा कक्षा १२ को परीक्षाफल विगतको तुलनामा निकै छिटो सार्वजनिक हुनुलाई सरकारको सुशासनप्रतिको दृढ प्रतिबद्धता र शैक्षिक सुधारको महत्त्वपूर्ण फड्कोका रूपमा व्याख्या गरेका थिए ।  

    images
    images

    उनले नतिजा प्रकाशनमा गरिएको तदारुकताले समग्र शैक्षिक क्यालेन्डरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए । विगतमा नतिजा सार्वजनिक गर्न तीन महिनाभन्दा बढी समय लाग्ने गरेकोमा यस पटक प्रशासनिक प्रक्रियालाई चुस्त बनाउँदै छोटो अवधिमै काम सम्पन्न गरिएको उनको भनाइ छ । नतिजा ढिलो आउँदा विश्वविद्यालयको भर्ना, कक्षा सञ्चालन र परीक्षा समेत पछाडि धकेलिने गरेको स्मरण गर्दै मन्त्रीले अब विश्वविद्यालयहरूलाई पनि समयमै परीक्षा लिन र नतिजा प्रकाशन गर्न यसले प्रेरित गर्ने उल्लेख गरेका थिए । त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयहरूले यस वर्षदेखि भर्ना र पठनपाठनको कार्यतालिका अगाडि नै सुरु गर्ने तयारी गरिसकेको जानकारी पनि उनले दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend