images

२०८३ आश्विन १६ गते

images
images
images
  • अन्य
  • क्यानका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्ष थुनामा पठाउन...

क्यानका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्ष थुनामा पठाउन आदेश

क्यानका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्ष थुनामा पठाउन आदेश

images
images
बुधवार, आषाढ ३ २०८३
बुधवार, आषाढ ३ २०८३
  • काठमाडौँ, ३ असार । विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । 

    images
    images

    विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीराज श्रेष्ठको इजलासले पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो । विशेष अदालतले तत्कालीन महानिर्देशक गौतमले आफ्नो पदमा रहँदा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको अनियमितता र हिनामिना भएको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

    विशेष अदालतको आदेशमा भनिएको छ, “प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुनेगरी हाललाई प्रस्तुत मुद्दा पुर्पक्षका लागि निज प्रतिवादी सञ्जीव गौतमलाई थुनुवा पुर्जी दिइ थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनु ।”

    images
    images

    गौतमले पोखरा क्षेत्रीय विमानस्थलको निर्माण आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीले इपिसी कन्स्ट्राक्ट सम्झौतामा भएको २८ लाख अमेरिकी डलर खर्च नगरी  स्वाभाविक रुपमा लागत बढाएर प्राधिकरणको थप रु ५० लाख ३४ लाख ४० हजार ६९६ रकम हिनामिना गरेको अभियोग लागेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend