images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • ऊर्जा मन्त्रालयले निकाल्यो ६१ उद्योगीले बुझाउनुपर्ने...

ऊर्जा मन्त्रालयले निकाल्यो ६१ उद्योगीले बुझाउनुपर्ने विवादित २६ अर्ब ९५ करोडको महसुल वक्यौताको सूची

ऊर्जा मन्त्रालयले निकाल्यो ६१ उद्योगीले बुझाउनुपर्ने विवादित २६ अर्ब ९५ करोडको महसुल वक्यौताको सूची

images
images
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • काठमाडौं । डेडिकेटेड फिडर/ट्रंक लाइनबाट विद्युत उपभोग गरेका ६१ उपभोक्ताले बुझाउन बाँकी विवादित बक्यौता २६ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । ऊर्जा मन्त्रालयका अनुसार ब्याज र जरिवानासहित २०८२ पुस मसान्तसम्मको बक्यौता बिल रकम कुल २६ अर्ब ९५ करोड ८ लाख ८९ हजार ६०० रुपैयाँ पुगेको हो ।

    images
    images

    नियमित बिल तिरिसकेका उद्योगीले तिर्नु नपर्ने भनेको यो थप रकम २०८२ असार मसान्तसम्म भने २६ अर्ब ३ करोड ३२ लाख २१ हजार ५५८ रुपैयाँ थियो ।तर, ऊर्जा मन्त्रालयले ६१ उपभोक्ताले सो बराबरको बक्यौता बिल रकम बुझाउन बाँकी रहेको भन्दै सूची निकालेको हो ।खासगरी, लामो समयदेखि उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच प्राधिकरणले पठाएको अतिरिक्त रकम बुझाउन पर्ने वा नपर्ने भनेर विवाद छ । यस्तोमा विद्युत् बक्यौताका विषयमा ऊर्जा मन्त्रालयले नयाँ विवरण सार्वजनिक गरेको हो ।

     
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend