images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • ऊर्जा सम्बन्धी गुनासाे भए पैसा नलाग्ने...

ऊर्जा सम्बन्धी गुनासाे भए पैसा नलाग्ने हटलाईन ११५१ मा उजुरी गर्न मन्त्री विराजभक्तको आग्रह

ऊर्जा सम्बन्धी गुनासाे भए पैसा नलाग्ने हटलाईन ११५१ मा उजुरी गर्न मन्त्री विराजभक्तको आग्रह

images
images
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय र मातहतका निकायमा काम गर्दा कसैले अतिरिक्त रकम मागेमा प्रमाणसहित मन्त्रालयको हटलाइन नम्बर ११५१ मा जानकारी दिन सेवाग्राहीलाई आग्रह गरेका छन्।मन्त्री श्रेष्ठले पदभार ग्रहण गरेदेखि नै जनगुनासोको सुनुवाइ र त्यसको छिटो समाधानलाई प्राथमिकतामा राखेका छन्। उनको निर्देशनपछि मन्त्रालय र मातहतका कार्यालयको सेवा प्रवाहलाई पारदर्शी र जवाफदेही बनाउन सक्रियता बढाइएको मन्त्रालयले जनाएको छ।

    images
    images

    विद्युत् सेवासम्बन्धी समस्या सुन्न सञ्चालनमा रहेको हटलाइन ११५१ लाई अहिले थप प्रभावकारी बनाइएको छ। मन्त्रालयका अनुसार मन्त्री श्रेष्ठले कार्यभार सम्हालेको चैत १३ गतेदेखि यता सो हटलाइनमार्फत १३ हजार ८८ वटा गुनासाहरू सम्बोधन भइसकेका छन्।प्राप्त गुनासाहरूमा खासगरी बिजुली काटिने (नो लाइट), ट्रान्सफर्मर बिग्रिएको, पोल तथा मिटरको अभाव र भूमिगत विद्युत् जडान जस्ता विषय धेरै छन्। यस्ता समस्या समाधान गरी सेवाग्राहीलाई सहज वातावरण बनाउन मन्त्रालय केन्द्रित भएको जनाइएको छ।संघीय संसद् र प्रदेश सभाका सदस्यहरूले शून्य तथा विशेष समयमा उठाउने ऊर्जा र सिँचाइ क्षेत्रका समस्यालाई पनि तत्काल सम्बोधन गर्ने व्यवस्था मन्त्रालयले मिलाएको छ। सुशासन र सेवामा सुधार ल्याउन मन्त्रालयले ‘सुशासन एकाइ’ समेत गठन गरेको छ।

    सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार गठन भएको यो एकाइले अनुगमन, मूल्यांकन र कार्यसम्पादन परीक्षणलाई व्यवस्थित बनाउने काम गरिरहेको छ।उक्त एकाइले कर्मचारीको कार्यसम्पादन, कानुनी समयसीमाको पालना र सेवा प्रवाहको अवस्थाबारे नियमित समीक्षा गर्ने गरेको छ।सरकारी स्रोत–साधनको उपयोग र तोकिएको काम समयमै भए–नभएको बारे पनि निरन्तर निगरानी राखिएको छ। मन्त्रालयले अहिले ‘डेलिभरीमा आधारित शासन प्रणाली’ लाई मुख्य आधार बनाएर कर्मचारीको उत्तरदायित्व बढाउन जोड दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend