images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • तिहारमा बससेवाले टिकट बुकिङमा ५ प्रतिशत...

तिहारमा बससेवाले टिकट बुकिङमा ५ प्रतिशत सम्म छुट दिने

तिहारमा बससेवाले टिकट बुकिङमा ५ प्रतिशत सम्म छुट दिने

images
images
आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • अनलाइन मार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले तिहारको समयमा गाउँ घर जानेहरुलाई ५ प्रतिशत सम्म छुट दिने भएको छ । सहज किसिमले बसको टिकट काट्न सकिने व्यवस्था गरेको जनाउँदै बस सेवाले आफ्ना प्लेट फर्मबाट टिकट काट्नेहरुलाई ५ प्रतिशत सम्म छुट दिने आफर ल्याएको हो ।

    images
    images

    प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिम रहित र झन्झट रहित तरिकाले घरमा बसी बसी आफ्नो मोबाइलबाट छुटमा बसको टिकट काट्न अनुरोध गरेको हो ।

    बससेवाले देशभरका विभिन्न ४३३ गन्तव्यको टिकट काट्दा छुट उपलब्ध हुने जनाएको छ । प्रविधिमा जानकारी नहुने र अनलाइनको पहुँचमा नहुने व्यक्तिले पनि बससेवाका अन्य प्रयोगकर्ताको सहयोगमा सजिलै टिकट काट्न सकिने बससेवा द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै बससेवा चलाउन नसक्नेहरूलाई बससेवाका अन्य प्रयोगकर्ता सँग सहयोग लिएर टिकट काट्न पनि बससेवाले आग्रह गरेको छ । लाइन लागेर टिकट काट्ने बाध्यताबाट छुटकारा दिलाउनका लागि आमयात्रुलाई टिकट काटेर सहयोग गरिदिन बससेवाका प्रयोगकर्तालाई पनि बससेवाले आग्रह गरेको छ ।

    images
    images

    देशका जुनसुकै स्थानबाट पनि काठमाडौँका लागि छुट्ने बसको टिकट काट्न सकिने हुँदा यसको प्रयोगबाट यात्रुहरू लाभान्वित हुने बससेवाले जनाएको छ । संघीय राजधानी काठमाडौँ उपत्यका सहित देशका मुख्य सहरमा रहेका १० हजार भन्दा बढी स्टेसनरी, पान पसल, ट्राभल एजेन्सी लगायतबाट बससेवा प्रयोग गरी टिकट काट्न सकिनेछ । ती स्थानबाट टिकट काट्दा पनि छुट उपलब्ध हुने बससेवाले जनाएको छ ।

    सरकार तथा यातायात व्यवसायीले पछिल्ला दिनहरुमा अनलाइन टिकेटिङलाई प्राथमिकतामा राखेका कारण बससेवामा आवश्यकता अनुसार टिकट उपलब्ध हुने बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए । दशैंको तुलनामा तिहारमा राजधानीबाट बाहिर जाने तथा अन्य स्थानमा आवतजावत केही कम हुने भएकाले पनि तिहारमा टिकट अभावको अवस्था नहुने उनको भनाई छ ।

    ‘विगतमा अनलाइनमार्फत् काटिने टिकटको कोटा थोरै हुँदा अपेक्षित रूपमा टिकट उपलब्ध गराउन असहज हुने गरेको थियो,’ खनालले भने, ‘तर अहिले त्यो समस्या हटेको छ । आवश्यक्ताका आधारमा टिकट उपलब्ध हुन्छ ।’

    खनालका अनुसार बससेवा मार्फत काठमाडौँबाट देशभरका सबै गन्तव्यको टिकट काट्न सकिन्छ भने देशका अन्य स्थानबाट पनि मोफसलकै टिकट काट्न सकिन्छ । ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजार भन्दा बढीको संख्यामा बससेवाबाट टिकट काट्न सकिने उनले बताए ।

    यात्रुहरूले बससेवा डटकम तथा बससेवाको मोबाइल एप्लिकेसनबाट घरमै बसेर टिकट बुकिङ गर्न सक्ने बताइएको छ । नेपालका कुनै पनि सहरको टिकट अनलाइनबाटै काट्न सकिने भएकाले यात्रुलाई टिकट काट्न बससेवा उचित माध्यम हुने र टिकट काट्नकै लागि काउण्टर पुग्नु नपर्ने साथै लाइन बस्नुनपर्ने बससेवाले जनाएको छ ।

    बससेवा नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म हो । बससेवामा ५०० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । सबै समिति तथा कम्पनीका हजारौँ बसका लाखौँ सिटको टिकट घरबाटै बुकिङ गर्न सकिने भएकाले यात्रुलाई सहज हुने विश्वास बससेवाको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend