images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • आँखुखोला जलविद्युत कम्पनीको १७औँ र १८औँ...

आँखुखोला जलविद्युत कम्पनीको १७औँ र १८औँ संयुक्त वार्षिक साधरणसभा सम्पन्न

आँखुखोला जलविद्युत कम्पनीको १७औँ र १८औँ संयुक्त वार्षिक साधरणसभा सम्पन्न

images
images
आइतवार, जेठ ३१ २०८३
आइतवार, जेठ ३१ २०८३
  • काठमाडौं।  आँखुखोला जलविद्युत कम्पनीले आफ्नो १७औँ र १८औँ संयुक्त वार्षिक साधरणसभा विशेष कार्यक्रमकाबीच सम्पन्न गरेको छ ।कार्यक्रममा कम्पनीका अध्यक्ष राम श्रेष्ठले आयोजनाको उपलब्धि, चुनौती र आगामी योजनाबारे धारणा राखे । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आँखुखोला जलविद्युत कम्पनीले ऊर्जा उत्पादन तथा विद्युत् क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए । 

    images
    images

    उनले कम्पनीको सफलतामा लगानीकर्ता, कर्मचारी, स्थानीय समुदाय तथा सरोकारवाला निकायहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे । अध्यक्ष श्रेष्ठले आगामी दिनमा कम्पनीको सेवा, उत्पादन क्षमता र संस्थागत विकासलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले स्वच्छ ऊर्जाको उत्पादन वृद्धि र राष्ट्रिय ऊर्जा सुरक्षामा निजी क्षेत्रको भूमिका अझ महत्त्वपूर्ण बन्दै गएको धारणा समेत राखे  ।कार्यक्रममा कम्पनीका पदाधिकारी, कर्मचारी, शेयरधनी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सो अवसरमा कम्पनीको प्रगति, उपलब्धि र भावी योजनाबारे समेत जानकारी गराइएको थियो । 

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend