images

२०८३ आश्विन २० गते

images
images
images
  • विमा
  • जीवन बीमा कम्पनीले संकलन गरे ४१...

जीवन बीमा कम्पनीले संकलन गरे ४१ अर्ब बढी कुल बीमा शुल्क, कुन कम्पनीले कति ? (सूचीसहित)

जीवन बीमा कम्पनीले संकलन गरे ४१ अर्ब बढी कुल बीमा शुल्क, कुन कम्पनीले कति ? (सूचीसहित)

images
images
सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ४१ अर्ब बढी कुल बीमा शुल्क संकलन गरेका छन् । 

    images
    images

    नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले कुल ४१ अर्ब ८ करोड १ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् । यस समयमा यी बीमा कम्पनीहरूले १ करोड ३३ लाख ३५ हजार ९९८ वटा बीमालेख जारी गरेका छन् । 

    सबैभन्दा धेरै नेपाल लाइफले, काम सन नेपाल लाइफले

    images
    images

    यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ११ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २९ दशलमव १९ प्रतिशत हिस्सा ओगटेको छ ।

    यस अवधीमा सबैभन्दा कम सन नेपाल लाइफकुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ९३ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यसले कुल जीवन बीमा क्षेत्रको २ दशलमव २७ प्रतिशत हिस्सा ओगटेको छ ।

    अन्य कुन कम्पनीले कति कमाए ? 

    दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले ४ अर्ब ९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ११ दशलमव ९४ प्रतिशत हिस्सा ओगटेको छ । 

    तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ११ दशलमव १३ प्रतिशत हिस्सा ओगटेको छ ।

    त्यस्तै, हिमालयन लाइफले ४ अर्ब ३१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको १० दशलमव ४९ प्रतिशत हिस्सा ओगटेको छ । 

    सूर्यज्योति लाइफले २ अर्ब ४९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ६ दशलमव ०८ प्रतिशत हिस्सा ओगटेको छ । 

    एशियन लाइफले २ अर्ब ३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ४ दशलमव ९६ प्रतिशत हिस्सा ओगटेको छ । 

    सिटिजन लाइफले १ अर्ब ७४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ४ दशलमव २५ प्रतिशत हिस्सा ओगटेको छ ।

    त्यसैगरी सानिमा रिलायन्स लाइफले १ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ८३ प्रतिशत हिस्सा ओगटेको छ । 

    मेट लाइफले १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ५१ प्रतिशत हिस्सा ओगटेको छ । 

    राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ४२ प्रतिशत हिस्सा ओगटेको छ ।

    यता प्रभु महालक्ष्मी लाइफले १ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ०२ प्रतिशत हिस्सा ओगटेको छ । 

    आइएमई लाइफले १ अर्ब २१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २ दशलमव ९६ प्रतिशत हिस्सा ओगटेको छ । 

    रिलायबल नेपाल लाइफले १ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २ दशलमव ९४ प्रतिशत हिस्सा ओगटेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend