काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पदाधिकारी छनोटका लागि दोस्रो चरणको उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । पहिलो चरणमा सभापतिका उम्मेदवार कसैले पनि (५० प्लस १) प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने शालिकराम घिमिरे सर्वसम्मत रुपमा विजयी भएका थिए । महामन्त्रीमा सी.एम. उपाध्याय विजयी भएका छन् । बाँकी पदाधिकारीका लागि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । अधिकृत गोकुल सापकोटाका अनुसार एक उपसभपतिका लागि भक्त बहादुर डाँगी, कमल प्रसाद पोखरेल, दुर्गा अर्याल र लोकनाथ वि.क.ले उम्मेदवारी दिएका छन् ।
एक पुरुष सहमहामन्त्री पदका लागि ई. विक्रम पौडेल, रविन थापा, विष्णु प्रसाद पौडेल, नीरज गहतराजले उम्मेदवारी दिएका छन् । गौतम प्रसाद पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । एक महिला सहमहामन्त्रीका लागि मुना हमाल र नौशित फातिमाले उम्मेदवारी दिएका छन् ।





.gif)





