images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

images
images
शुक्रवार, जेठ २९ २०८३
शुक्रवार, जेठ २९ २०८३
  • काठमाडौं, २९ जेठ । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान (आईईडीआई) को संयुक्त आयोजनामा सञ्चालित एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न भएको छ।

    images
    images
    GMBAKE.jpg
    undefined

    दुई महिनासम्म सञ्चालन गरिएको मास्टरक्लास, साप्ताहिक मेन्टरसिप तथा व्यवसायिक मोडेल परिष्कार कार्यक्रममा सहभागी नवउद्यमीहरूले लगानीकर्ता, उद्योग विज्ञ र सरोकारवाला समक्ष आफ्ना व्यवसायिक अवधारणा प्रस्तुत गरेका हुन्।

    कार्यक्रमको उद्घाटन एम्बार्क कलेजका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा आईईडीआईका कायममुकायम कार्यकारी निर्देशक मणिराम गौतम सहभागी हुनुहुन्थ्यो। उद्यमशीलता, लगानी तथा उद्योग क्षेत्रका विज्ञ सम्मिलित निर्णायक मण्डलले सहभागी स्टार्टअपहरूको पिचिङ मूल्याङ्कन गरेको थियो।

    images
    images

    EMARK .jpg

    कार्यक्रममा ‘फार्मर्ली’ ले बेस्ट स्टार्टअप अवार्ड, ‘मेरो इन्ट्रान्स’ ले मुनसट आइडिया अवार्ड र ‘नट्टी ब्लेन्ड’ ले पपुलर च्वाइस अवार्ड प्राप्त गरेका छन्। औपचारिक सत्रपछि स्टल प्रदर्शनी, नेटवर्किङ तथा अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो।

    एम्बार्क कलेज र आईईडीआईको सहकार्यमा सञ्चालित यो कार्यक्रमले प्रारम्भिक चरणका उद्यमीलाई प्रशिक्षण, मेन्टरसिप र व्यवसाय विकास मार्फत उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुर्‍याउँदै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend