काठमाडौं, २९ जेठ । काठमाडौं उपत्यकामा अव्यवस्थित तथा प्रयोगविहीन दूरसञ्चार र इन्टरनेटका तार व्यवस्थापन गर्ने अभियानलाई तीव्र बनाइएको छ।
नेपाल विद्युत प्राधिकरणको तार भूमिगत परियोजना अन्तर्गत त्रिपुरेश्वर–कलंकी, जडीबुटी–पेप्सीकोला, लाजिम्पाट, सामाखुशी, कीर्तिपुर र चाबहिल क्षेत्रमा आगामी १५ दिनभित्र तार व्यवस्थापन तथा हटाउने काम गरिने भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले सबै सेवा प्रदायकलाई तारमा स्पष्ट ट्याग राख्न निर्देशन दिएको छ। ट्याग नभएका वा पहिचान गर्न नसकिने तार हटाउँदा हुने क्षतिको जिम्मेवारी सम्बन्धित कम्पनीले नै वहन गर्नुपर्ने जनाएको छ।
अभियानले शहरी सौन्दर्य, सार्वजनिक सुरक्षा र दूरसञ्चार पूर्वाधार व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।




.gif)





