images

२०८३ आश्विन १६ गते

images
images
images

एन्थ्रोपिकसँगको प्रतिस्पर्धामा ओपनएआईले घटायो च्याटजीपीटीको मूल्य

एन्थ्रोपिकसँगको प्रतिस्पर्धामा ओपनएआईले घटायो च्याटजीपीटीको मूल्य

images
images
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • एजेन्सी । ओपनएआईले आफ्ना आर्टिफिसियल इन्टेलिजेन्स सेवाहरूको मूल्यमा भारी कटौती गर्ने विषयमा विचार गरिरहेको वाल स्ट्रिट जर्नलले समाचार प्रकाशन गरेको छ । आफ्नो प्रतिस्पर्धी एन्थ्रोपिकबाट उपभोक्ताहरूलाई आकर्षित गर्नका लागि उसले यो निर्णय लिएको हो ।‘कम्पनीले टोकनका लागि लिने शुल्कमा उल्लेख्य कटौती गर्नेबारे विचार गरिरहेको छ । त्यो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीहरूले आफ्ना उत्पादनहरूको बिलिङका लागि प्रयोग गर्ने मापनको एकाइ हो,’ रिपोर्टमा भनिएको छ । स्रोतका अनुसार, एन्थ्रोपिकले पनि यस्तै कटौती गर्न सक्ने अनुमानमा कम्पनीले यो कदम चाल्न लागेको हो ।

    images
    images

    च्याटजीपीटी निर्माता कम्पनी हाल आफ्ना प्रमुख जीपीटी–५.५ मोडलहरूमा पहुँचका लागि उपभोक्ताहरूबाट मासिक ८ डलर, २० डलर र १०० डलर वा त्यसभन्दा माथिको तहगत सदस्यता शुल्क लिने गर्छ ।यसको विपरीत एन्थ्रोपिकले ‘क्लोड प्रो’ को वार्षिक सदस्यतामा प्रयोगकर्ताहरूबाट मासिक १७ डलर र ‘क्लोड म्याक्स’ को सदस्यताका लागि मासिक १०० डलर वा सोभन्दा माथि शुल्क लिने गर्छ ।म्भावित मूल्य कटौतीको यो रिपोर्ट यस्तो समयमा आएको हो जब यी दुई कम्पनीहरूबीच प्रतिस्पर्धा तीव्र हुँदै गएको छ ।एन्थ्रोपिकले आईपीओका लागि निवेदन दिएको लगत्तै ओपनएआईले पनि सोमबार अमेरिकी धितोपत्र र विनिमय आयोग (एसईसी) मा गोप्य रूपमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि आवेदन दर्ता गरेको छ ।

    एन्थ्रोपिकले मे २८ मा ९६५ अर्ब डलरको मूल्यांकनमा आफ्नो सिरिज एच फन्डिङ राउन्ड सम्पन्न गरेको छ । त्यसले मार्चमा ८५२ अर्ब डलर मूल्यांकन गरिएको ओपनएआईलाई थोरैले पछाडि पारेको छ ।बजार अनुसन्धान संस्था सेन्सर टावरको अनुमान अनुसार, नोभेम्बर २०२२ मा सार्वजनिक भएको करिब तीन वर्षपछि मे महिनामा च्याटजीपीटी १ अर्ब मासिक प्रयोगकर्ता पुग्ने पहिलो एप बनेको छ । यसले गुगल म्याप्सले राखेको अघिल्लो रेकर्डलाई पनि उछिनेको छ । उसलाई यो विन्दुमा पुग्न सार्वजनिक भएको करिब पाँच वर्ष लागेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend