images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • एनसेलले विभिन्न बैंकबाट लिएको १५ अर्ब...

एनसेलले विभिन्न बैंकबाट लिएको १५ अर्ब ८५ करोड रुपैयाँ ऋण जोखिममा

एनसेलले विभिन्न बैंकबाट लिएको १५ अर्ब ८५ करोड रुपैयाँ ऋण जोखिममा

images
images
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौं । एनसेलले स्थापनाकालदेखि विभिन्न बैंकबाट लिएको १५ अर्ब ८५ करोड रुपैयाँ ऋण जोखिममा पर्ने देखिएको छ । एनसेलको सेयर जुनसुकै बेला बेचेर बाहिरिने दाउमा रहेको एनसेल आजियाटा लिमिटेडले ऋणका लागि बसेको जमानी फिर्ता लिई कर्जाको जिम्मेवारी नलिने सार्वजनिक घोषणा नै गरिसकेको पाइएको छ ।एनसेलले २०६२ सालदेखि पछिल्लोपटक सेयर खरिद बिक्रीको प्रयास गर्दासम्म विभिन्न बैंकबाट ३० अर्ब ५३ करोड ९३ लाख रुपैयाँ ऋण लिएकोमा १५ अर्ब ८५ करोड रुपैयाँ तिर्न बाँकी छ ।

    images
    images

    आजियाटा ग्रुप बहार्ड मलेसियाले १ डिसेम्बर २०२३ मा स्पेक्टलाइट यूकेलाई सेयर बिक्री गर्दा गरेको सम्झौतामा समेत एनसेलले नेपालका विभिन्न बैंकबाट लिएको ऋणको जमानी फिर्ता लिने र ऋणको जिम्मेवारी नलिने उल्लेख छ । आजियाटाले स्पेक्टलाइट यूकेसँग गरेको सेयर खरिद बिक्री सम्झौतालाई सरकारले मान्यता नदिएपछि हालसम्म सो सम्झौता कार्यान्वयन हुन सकेको छैन ।संसद्का विभिन्न ३ वटा समिति, सर्वोच्च अदालतसहित सरकार स्वयंले कर छली र पूर्वजानकारी नगराएको जस्ता अभियोगमा सेयर खरिद बिक्री रोक्का गरे पनि एनसेल सञ्चालन गरिरहेको आजियाटा ग्रुप भने आफूले लिएको ऋणसमेत नतिर्ने दाउमा छ ।

    सन् २०२३ मा भएको सेयर खरिद बिक्री’bout अध्ययन गर्न गठित समितिले समेत आजियाटा ग्रुप आफूले लिएको ऋणबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ ।पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा समेत आजियाटाले विभिन्न बैंकबाट लिएको ऋणमध्ये १५ अर्ब ८५ करोड रुपैयाँ उठाउन निगरानी गर्नुपर्ने भनिएको छ ।एनसेलले लिएको ऋणमध्ये १४ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ भुक्तानी भएको देखिए पनि ऋण लिएकोमध्ये आधाभन्दा बढी रकम उठाउन भने बैंकहरुलाई सकस हुने देखिएको छ ।आजियाटा ग्रुपले गरेको असफल सेयर खरिद बिक्री सम्झौतामा महत्वका साथ आफूले लिएको ऋणको जमानी नबस्ने र ऋणको जिम्मेवारीसमेत नलिने भनेर ऋणको दायित्वबाट भाग्न खोजेको हो । शर्माको संयोजकत्वमा गठित समितिले नेपाली बैंकहरुबाट लिइएको ऋणको अवस्था के हुने हो भन्ने गम्भीर प्रश्न उठाउँदै नेपाल राष्ट्र बैंकले प्रभावकारी नियमन र पर्याप्त निगरानी गर्नुपर्ने उल्लेख गरेको छ ।

    images
    images

    ‘एनसेल आजियाटा लिमिटेडले हालसम्म विभिन्न आर्थिक वर्षमा समेत गरी ३० अर्ब ५३ करोड ९३ लाख रुपैयाँ कर्जा लिएकोमा १४ अर्ब ६८ करोड ९३ लाख रूपैयाँ भुक्तानी गरेको र १५ अर्ब ८५ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिन्छ,’ शर्माको संयोजकत्वमा गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा भनिएको छ ।सरकारले हालसम्म सार्वजनिक नगरेको यो प्रतिवेदनमा एनसेलले विभिन्न बैंकबाट लिएको ऋण जोखिममा परेको भन्दै राष्ट्र बैंकलाई पर्याप्त निगरानी गर्न भनिएको छ ।‘कम्पनीले आर्थिक वर्ष २०७२–७३ पश्चात् लिएको कर्जाको लागि आजियाटा ग्रुप बर्हाडले जमानी दिएको देखिन्छ । हाल भएको सेयर खरिद बिक्री सम्झौतामा आजियाटा ग्रुप बर्हाडले दिएको जमानी फिर्ता लिने र सो कर्जाको जिम्मेवारी नलिने उल्लेख गरेको देखिन्छ । यस्तो अवस्थामा नेपाली बैंकहरूले दिएको कर्जाको अवस्था के हुने हो ? सो सम्बन्धमा समेत नेपाल राष्ट्र बैंकबाट प्रभावकारी नियमन तथा पर्याप्त निगरानी हुनुपर्ने देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ ।

    एनसेल आजियाटा लिमिटेडले लिएको दीर्घकालीन ऋणका लागि कम्पनीको नाममा नेपालको विभिन्न स्थानमा रहेको स्थिर सम्पत्ति धितोमा राखिएको छ । ‘नन फण्डेड’ ऋणमा पनि ५ प्रतिशत एलसीमार्फत आयात गरिने सम्पूर्ण उपकरण, मेसिन तथा औजार धितो राखिएको छ ।एनसेल आजियाटा लिमिटेड नेपालले लिएको ऋणको लागि आजियाटा ग्रुप बर्हाडको ९ अप्रिल २०२० को पत्रद्वारा प्रत्याभूति दिएको छ । आजियाटा ग्रुप बर्हाड र स्पेक्टलाइट यूकेबीच भएको सेयर खरिद बिक्रीको सम्झौताको दफा १७.१७ मा उल्लेख छ ।आफैले दिएको प्रत्याभूतिविपरीत आजियाटाले उपकरण मेसिन तथा औजारसमेत धितोमा राखेर त्यसको जिम्मेवारीबाट भागेर आफू पछि कम्पनीको भविष्य नै अन्योलमा पार्न खोजेको सरकारी अधिकारीहरू बताउँछन् ।

    एनसेल आजियाटाले २०७२ सालदेखि २०८१ सलसम्ममा मात्र २ करोड ४८ लाख ५० हजार अमेरिकी डलर विदेश लगेको शर्माको प्रतिवेदनले औँल्याएको छ ।‘नेपाल राष्ट्र बैंकले कम्पनीलाई दिएको विदेशी मुद्रा सटहीको सुविधामा वस्तु तथा सेवा आयात गर्दा दिएको र लाभांश लैजानको लागि दिएको विदेशी मुद्राको सुविधा हो । यस प्रतिवेदन तयार गर्दासम्म प्राप्त विवरणको आधारमा लाभांशतर्फ ६६ अर्ब ९५ करोड २५ लाख रुपैयाँको लागि विदेशी मुद्राको सटहीको सुविधा दिएको पाइन्छ । त्यसैगरी, प्राविधिक तथा व्यवस्थापकीय सेवा बापत २ करोड ४८ लाख अमेरिकी डलरबराबरको विदेशी मुद्रा सटहीको सुविधा दिएको पाइयो,’ प्रतिवेदनमा उल्लेख छ ।एनसेलसँग विगतको नाफाबाट लाभांश वितरण नगरेको १८ अर्ब ७६ करोड रुपैयाँ रिटेन्ड अर्निङका रूपमा रिजर्भमा रहेको उसको वित्तीय विवरणबाट देखिन्छ ।सन् २०२३ मा स्पेक्टलाइटसँग भएको सम्झौताअनुसार सन् २०२३ मा एनसेलले वितरण गरेको लाभांशको ८० प्रतिशत आजियाटाले पाउने, आर्थिक वर्ष २०७८–०७९ मा घोषणा भएको र आजियाटाले लैजान बाँकी लाभांश पनि उसले लैजान पाउने उल्लेख छ । त्यस्तै आर्थिक वर्ष २०७९–०८० मा घोषणा हुने लाभांशको ८० प्रतिशत हिस्सा आजियाटाले नै पाउनेलगायतका सर्त सो खरिदबिक्री सम्झौतामा उल्लेख छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend