images

२०८३ आश्विन २० गते

images
images
images
  • विमा
  • सात लघुवित्तद्वारा लाभांश घोषणा, कुनको कति...

सात लघुवित्तद्वारा लाभांश घोषणा, कुनको कति ?

सात लघुवित्तद्वारा लाभांश घोषणा, कुनको कति ?

images
images
आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका  सात वटा लघुवित्त संस्थाहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

    images
    images

    लाभांश घोषणा गर्नेमा नेसनल लघुवित्त, सपोर्ट लघुवित्त,आरएसडीसी लघुवित्त,गुराँस लघुवित्त वित्तीय संस्था, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था,आशा लघुवित्त वित्तीय संस्था र फरवार्ड लघुवित्त वित्तीय संस्था रहेका छन् ।

    नेसनल लघुवित्त

    images
    images

    नेसनल लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ नगद लाभांश रहेको छ ।

    सपोर्ट लघुवित्त

    सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई मा १३.७७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७२५ प्रतिशत नगद गरेर कुल १४.५ प्रतिशत लाभांश वितरण गर्ने छ ।  

    आरएसडीसी लघुवित्त

    आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश रहेको छ ।

    गुराँस लघुवित्त

    गुराँस लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट कुल १५ प्रतिशत लाभाश दिने भएको छ । जसमध्ये १५.२५ प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने ०.७५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने भएको छ । 

    स्वाबलम्वन लघुवित्त

    स्वाबलम्वन लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाइ गत वर्षको नाफाबाट जसमा १४.२५ प्रतिशत बोनश सेयर र ०.७५ प्रतिशत कर प्रयोजन गरेर कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

    आशा लघुवित्त

    आशा लघुवित्त वित्तीय संस्थाले कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये १४.२५ प्रतिशत बोनश सेयर वितरण गर्नेछ भने ०.७५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने भएको छ । 

    फरवार्ड माइक्रोफाइनान्स

    फरवार्ड माइक्रोफाइनान्सले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमध्ये १३.३ प्रतिशत बोनश सेयर वितरण गर्ने भएको छ भने ०.७ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend