images

२०८३ आश्विन १६ गते

images
images
images
  • अन्य
  • संसद्को गतिरोध अन्त्यका लागि विपक्षीसँगको छलफलमा...

संसद्को गतिरोध अन्त्यका लागि विपक्षीसँगको छलफलमा रवि लामिछाने

संसद्को गतिरोध अन्त्यका लागि विपक्षीसँगको छलफलमा रवि लामिछाने

images
images
बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • काठमाडौँ । सङ्घीय संसद्मा देखिएको गतिरोध अन्त्यका लागि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल गरिरहेका छन् । सिंहदरबारस्थित संसद् भवनमा सभापति लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली माओवादीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीसहितका नेताहरूसँग छलफल गरिरहेका हुन् । 

    images
    images

    विपक्षी दलहरूको सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा बैठक बसिरहेका बेलामा लामिछानेले छलफलका लागि बोलाएका थिए । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति दिएपछि विपक्षीहरूले सदन अवरुद्ध गर्दै आएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend