images

२०८३ आश्विन १६ गते

images
images
images
  • अन्य
  • निर्वाचन विवादका कारण रास्वपा बागमती अधिवेशन...

निर्वाचन विवादका कारण रास्वपा बागमती अधिवेशन अनिश्चितकालका लागि स्थगित

निर्वाचन विवादका कारण रास्वपा बागमती अधिवेशन अनिश्चितकालका लागि स्थगित

images
images
बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश अधिवेशन स्थगित गरिएको छ । बुधवार मतदाता नामावलीमा विवाद देखिएपछि अधिवेशन स्थगित गरिएको हो ।  निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेर बुधवार बिहान मतदान समेत सुरु भएको थियो । तर विवाद उत्पन्न भएपछि अधिवेशन स्थगित गरिएको अधिवेशनमा सहभागी एक नेताले जानकारी दिए ।

    images
    images

    निर्वाचन समितिले निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित गरेर कार्यक्रम स्थल खाली गर्न निर्देशन दिएको छ । समितिको सो निर्देशन लगत्तै प्रहरीले कार्यक्रम स्थल खाली गराएको छ । समितिले निर्वाचनको लागि अर्को मिति तोकेको छैन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend