images

२०८३ कार्तिक ८ गते

images
images
images

नौ करोड क्लबमा ‘लालीबजार’

नौ करोड क्लबमा ‘लालीबजार’

images
images
मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौं । गत जेठ २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ ले घरेलु बक्स अफिसमा ब्लकबस्टर व्यापार गरेको छ । घरेलु बजारमा नौ करोड रुपैयाँ आम्दानी गर्दै ‘लालीबजार’ आर्थिक वर्ष २०८३ मा हालसम्म प्रदर्शन भएका नेपाली फिल्ममध्ये सर्वाधिक आम्दानी गर्ने फिल्म बनेको छ ।चलचित्र विकास बोर्ड अन्तर्गतको ‘सिनेपा एट बक्सअफिस’ ले सार्वजनिक गरेको तथ्यांकअनुसार गत जेठ २४ गतेसम्म फिल्मले ८ करोड ७८ लाख ५ हजार १९८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

    images
    images

    उक्त अवधिसम्म फिल्मका २ लाख ९८ हजार २२७ टिकट बिक्री भएका छन् । बोर्डले सार्वजनिक गरेको तथ्यांक आइतवारसम्मको भएकाले मंगलवारसम्म फिल्मको आम्दानी नौ करोड रुपैयाँ नाघिसकेको छ । अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको फिल्ममा अभिनेता रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा तथा प्रशंसा सुवेदीलगायत कलाकारको अभिनय रहेको छ ।यही फिल्ममार्फत डेब्यू गरेका अभिनेता विशाल देवकोटा तथा अभिनेत्री प्रशंसा सुवेदीले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छन् । देवकोटाले करिब नौ वर्ष रंगमञ्चमा काम गरेपछि ठूलो पर्दामा डेब्यु गरेका हुन् । फिल्म नै व्यावसायिक रूपमा सफल भएपछि आफूले मेहनतको प्रतिफल पाएको उनको भनाइ छ । फिल्ममा उनले ‘नारायण’ नामक पात्रको भूमिका निर्वाह गरेका छन् । शिक्षाको महत्त्व बुझाउने पात्रका रूपमा प्रस्तुत भएकाले दर्शकले उक्त चरित्रलाई विशेष रुचाएका छन् । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’को निर्देशन यम थापाले गरेका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend