images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • नेपाल टेलिकमले ल्यायो विश्वकप लक्षित टिभी...

नेपाल टेलिकमले ल्यायो विश्वकप लक्षित टिभी प्याकेज’, ९९९ मा सबै खेल हेर्न सकिने

नेपाल टेलिकमले ल्यायो विश्वकप लक्षित टिभी प्याकेज’, ९९९ मा सबै खेल हेर्न सकिने

images
images
मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौं । नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष टिभी प्याकेज ल्याएको छ । यस्तो प्याकेजसँगे टेलिकमले आकर्षक बोनस अफर समेत सार्वजनिक गरेको छ।खेलकुदको महाकुम्भ फिफा विश्वकपका खेलहरू आफ्ना आइपीटीभी (एनटीटीभी)का ग्राहकहरूलाई प्रत्यक्ष रूपमा उपलब्ध गराउने उद्देश्यले कम्पनीले यो योजना ल्याएको हो।

    images
    images

    विज्ञप्ति अनुसार, एनटीटीभीका ग्राहकहरूले मात्र ९९९ रुपैयाँमा विश्वकप प्याकेज खरिद गरी खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। यो प्याकेज सुचारु गर्न ग्राहकले आफ्नो टेलिभिजन सेटमा ‘हिमालय स्पोर्ट्स’ च्यानल छनोट गर्नुपर्नेछ।त्यसपछि स्क्रिनमा देखिने स्थानमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर प्रविष्ट गरेपछि एउटा ओटीपी प्राप्त हुनेछ। उक्त ओटीपीलाई टिभी स्क्रिनमा राखेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टी भई प्याकेज तुरुन्तै सुचारु हुने टेलिकमले जनाएको छ।साथै, नजिकैको नेपाल टेलिकम ग्राहक सेवा केन्द्रबाट पनि यो प्याकेज सक्रिय गर्न सकिनेछ।

    टेलिकमले उच्च गतिको इन्टरनेट प्रयोगकर्ताका लागि विशेष ‘बोनस अफर’ समेत घोषणा गरेको छ। आगामी जेठ २६ देखि साउन ३ गतेसम्म वार्षिक १०० Mbps वा सोभन्दा बढी गतिको इन्टरनेट विथ प्रिमियम आईपीटीभी प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा सोही गतिमा अपग्रेड हुने ग्राहकहरूले फिफा विश्वकप २०२६ टिभी प्याकेज बोनसको रूपमा निःशुल्क प्राप्त गर्नेछन्।यो बोनस प्याकेज प्राप्त गर्न योग्य ग्राहकले आफ्नो मोबाइलबाट *1416# डायल गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
    आफ्ना ग्राहकहरूलाई उच्च गुणस्तरीय प्रविधि र खेलकुदको उत्कृष्ट मनोरञ्जन प्रदान गर्न कम्पनी सधैं प्रतिबद्ध रहेको टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए ।यस अफर सम्बन्धी थप जानकारीका लागि नेपाल टेलिकमको आधिकारिक वेबसाइट वा नजिकैको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने पनि टेलिकमले बताएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend