images

२०८३ कार्तिक ९ गते

images
images
images
  • समाचार
  • अवैध सम्पत्ति आर्जन मुद्दामा विशेष अदालतमा...

अवैध सम्पत्ति आर्जन मुद्दामा विशेष अदालतमा सुनिल पौडेलको बयान सुरु

अवैध सम्पत्ति आर्जन मुद्दामा विशेष अदालतमा सुनिल पौडेलको बयान सुरु

images
images
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • काठमाडौँ । गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा चलाइएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलको विशेष अदालतमा बयान सुरु भएको छ ।विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा पौडेलको बयान भइरहेको छ । बयानका लागि पौडेल कार्यालय खुलेलगत्तै सोमबार अदालतमा उपस्थित भएका थिए । बयान र थुनछेक सकिएपछि पुर्पक्षका लागि थुना, धरौटी वा साधारण तारिखमा राख्ने विषयको टुंगो लाग्नेछ ।

    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ वैशाख ९ मा पौडेलविरुद्ध २३ करोड ७५ लाख रुपैयाँ बिगो बराबर जरिवाना र स्रोत नखुलेको सम्पत्तिबाट बढे–बढाइएको चलअचल सम्पत्ति जफतको माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।पौडेल २०६१ जेठ २० मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको प्रशासकीय अधिकृतका रूपमा करारमा सेवा प्रवेश गरेका थिए । २०६२ माघ २८ सम्म उनी उक्त पदमा कार्यरत थिए । पछि २०६५ असार १२ मा पुनः करारमै नियुक्त पौडेल त्यसपछि निरन्तर सार्वजनिक पदमा बहाल थिए ।त्यहीँबाट २०७८ चैत २४ मा उनी नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएका थिए । २०६१ मा सरकारी सेवामा बहाल रहेदेखि २०७९ फागुन ३० सम्ममा पौडेलले आर्जन गरेको सम्पत्तिमाथि अख्तियारले अनुसन्धान गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend