काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङले आफूबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी रहेको बताएका छन् । आइतबार गृहजिल्ला गोरखामा पुगेका गुरुङले आफ्नो सम्पत्तिको विषयमा प्रश्न उठेपछि छानबिनका लागि सहजीकरण गर्न आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको बताए ।
उनले भने– ‘छानबिन सकिएको छ, सफाइ पाउनेमा आशावादी छु ।’ आफू निर्दोष साबित हुने जिकिर गर्दै उनले फेरि गृह मन्त्रालयको नेतृत्व सम्हाल्ने सङ्केत गरेका छन् ।गुरुङले सफाइ पाएर फेरि गृहमन्त्री बनेमा पहिलो दुई महिना बधाई दिन र तस्बिर खिच्न नआउन पार्टी पंक्तिलाई आग्रह गरेका छन् । उनले भने, ‘यदि म पुनः गृहमन्त्री बनेँ भन तस्बिर खिच्न र मन्त्रालयमा बधाई दिन नआउनुहोला ।’ उनीमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छानबिन प्रतिवेदन पेस गरिसकेको छ । मन्त्रिपरिषद्ले वैशाख २८ मा पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा समिति बनाएको थियो ।




.gif)



