images

२०८३ आश्विन १६ गते

images
images
images

हाम्रो बचत तथा ऋण सहकारी संस्थाको २६औं वार्षिक साधारण सभा सम्पन्न

हाम्रो बचत तथा ऋण सहकारी संस्थाको २६औं वार्षिक साधारण सभा सम्पन्न

images
images
शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • काठमाडौं । हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।ललितपुरको डिलाइट पार्टी भेन्युमा सम्पन्न भएको साधारणसभाले आर्थिक बर्ष २०८०।८१ को वित्तीय प्रतिबेदन पास गएको छ।

    images
    images

    संस्थाले आर्थिक बर्ष २०८०।८१ को असार मसान्तसम्ममा १ अर्व २९ करोड १६ लाख ४९ हजार ८१७ बचत संकलन गरेको छ भने १ अर्व २१ करोड ९१ लख २५ हजार ६७३ रुपैया ऋण लगानी गरेको जनाएको छ ।

    उक्त साधारण सभामा सहकारीका अध्यक्ष शम्भुप्रसाद फुयालले देशको सहकारी क्षेत्रमा देखिएको गम्भिर वित्तिय संकटमा पनि संस्थालाई जिवन्त गतिमा सञ्चालन गर्न सफल गराएको भन्दै शेयर सदस्य सहित कर्मचारी, समिति तथा उप समितिका पदाधिकारी लाई धन्यवाद प्रकट गरे ।

    images
    images

    आज भन्दा २६ वर्ष अघि २९ जना सदस्यको उपस्थितिमा स्थापना भई ४९ जना सदस्यबाट कारोबार शुरु भएको हाम्रो नमुना बचत तथा ऋण सहकारी संस्था संस्थागत सुशासन र दीगो वित्तिय भविश्यका लागि संस्थामा उच्च नैतिकवान तथा सक्षम नेतृत्व पेशागत दक्षता भएको व्यवस्थापन र बित्तीय रुपमा अनुशासन सहित आजको दिन सम्म आइपुगेको अध्यक्ष फुयाँलले जानकारी दिए ।

    संस्थाले बचत तथा ऋण कारोबारका माध्ययमबाट सदस्यहरूको आर्थिक सामाजिक र साँस्कृतिक विकासका लागि सेवा प्रदान गर्नुका साथै स्थापनाकालदेखि नै विभिन्न सामाजिक गतिबिधिहरू समेत सञ्चालन गर्दै आएको समेत उनको भनाई छ ।

    संस्थामा संस्थागत सुशासनका लागि सहकारी ऐन नियम तथा संस्थाको विनियम र आन्तरिक नीति निर्देशिकाहरूको परिपालना गर्दै र क्रियात्मक रुपमा परिपालनामा देखिएका कमिकमजोरीहरूलाई नियमन र अनुगमनका क्रममा देखिएमा त्यसलाई सुधार गर्दै संस्था सञ्चाल गर्ने गरिएको उनले बताए ।

    संस्थाको हालसम्मको कूल सम्पति १ अर्व ७६ करोड ३१ लख ९६ हजार ४२८ रुपैँया बरावरको रहेको छ भने २०८४ को असारसम्मा यसलाई बढाएर २ अर्व ५० करोड पुर्याउने लक्ष्य राखिएको अध्यक्ष फुयाँलले सभालाई जानकारी दिए ।

    यस्तै संस्थाले हाल १६ करोड १५ लाख ८६ हजार २०० बरावर रहेको संस्थाको शेयर पुजीँ पनि २०८४ को असारसम्ममा २० करोड रुपैँया पुर्याउने लक्ष्य संस्थाले राखेको छ ।हाल संस्थाको जगेडा कोषमा १ अर्ब ४० करोड ४ लाख रहेको छ। संस्थाले हाल ४ वटा शाखाबाट आफ्नो सेवा दिँदै आएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend