images

२०८३ आश्विन १६ गते

images
images
images
  • पूर्वाधार
  • सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका...

सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान

सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान

images
images
शुक्रवार, जेठ २२ २०८३
शुक्रवार, जेठ २२ २०८३
  • काठमाडौँ । सडक विभाग अन्तर्गतको सडक डिभिजन सुर्खेतले सुर्खेत–जुम्ला सडक खण्डमा पर्ने दही खोलामा पुल निर्माणका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ । डिभिजनले डिजाइन एन्ड बिल्ड विधिबाट सो पुल निर्माण गर्न योग्य बोलपत्रदाताहरूबाट विद्युतीय बोलपत्र आह्वान गरेको हो ।दैलेख जिल्लामा पर्ने सुर्खेत–जुम्ला सडकको चेनेज १३२+००० मा पर्ने दही खोलामा पुल निर्माणका लागि यो ठेक्का आह्वान गरिएको डिभिजन कार्यालयले जनाएको छ ।

    images
    images

    सडक डिभिजन सुर्खेतका अनुसार पहिलो पटक २०८३ जेठ २२ गते प्रकाशित यस सूचना बमोजिम इच्छुक बिडरहरूले आगामी २०८३ असार १२ गते(२६ जुन २०२६) मध्यान्ह १२:०० बजेभित्र विद्युतीय प्रणालीमार्फत बोलपत्र पेस गरिसक्नुपर्नेछ। प्राप्त बोलपत्रहरू सोही दिन दिउँसो १:०० बजे खोलिने कार्यतालिका रहेको छ ।इच्छुक कम्पनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp मार्फत बोलपत्र सम्बन्धी थप विस्तृत विवरण हेर्न र आवेदन दर्ता गर्न सक्नेछन् ।

     

    Design-and-Build-of-Bridge-Over-Dahi-Khola-Along-Surkhet-Jumla-Road,-Ch

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend