images

२०८३ आश्विन १६ गते

images
images
images
  • पूर्वाधार
  • महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा...

महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै

महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै

images
images
शुक्रवार, जेठ २२ २०८३
शुक्रवार, जेठ २२ २०८३
  • काठमाडौँ । सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) को चन्द्रौटा–कोहलपुर खण्ड स्तरोन्नतिका लागि परामर्शदाता चयन प्रक्रिया अघि बढाएको छ । महाशाखाले यस सडक खण्डको सम्भाव्यता अध्ययन र विस्तृत डिजाइन कार्यका लागि योग्य अन्तर्राष्ट्रिय परामर्शदाताहरूबाट आशयपत्र आह्वान गरेको हो ।विश्व बैङ्कको ऋण सहयोगमा सञ्चालित ‘पूर्वी दक्षिण एसिया यातायात तथा व्यापार आबद्धता अभिवृद्धि आयोजना – नेपाल पहिलो चरण’ अन्तर्गत यो कार्य अघि बढाइएको हो ।

    images
    images

    सूचना अनुसार परामर्शदाताले महेन्द्र राजमार्गको कुल १६५ किलोमिटर लम्बाइ रहेको चन्द्रौटा–कोहलपुर सडक खण्डको प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययन गर्नेछ । हाल दुई लेन रहेको यस सडकलाई जलवायु अनुकूल र सुरक्षित चार लेनको स्तरमा स्तरोन्नति गर्न उपयुक्त विकल्पहरूको पहिचान गरिने उल्लेख छ ।सम्भाव्यता अध्ययनसँगै परामर्शदाताले चन्द्रौटा–ढनखोला खण्ड (करिब १७ किमी) र लमही–कोहलपुर खण्ड (करिब १०८ किमी) को विस्तृत डिजाइन समेत तयार गर्नुपर्ने उल्लेख छ ।यसअघि नै मिलेनियम च्यालेन्ज कर्पोरेसनको अनुदान सहयोगमा स्तरोन्नतिको काम अघि बढिसकेको ढनखोला–लमही खण्ड (करिब ४० किमी) लाई भने विस्तृत डिजाइनको क्षेत्रबाट बाहिर राखिएको छ ।

    यो परामर्श सेवाका लागि योग्य अन्तर्राष्ट्रिय फर्महरूले आगामी जुन २९, २०२६ (तदनुसार २०८३ असार १५ गते) भित्र सडक विभागमा लिखित रूपमा वा इमेलमार्फत आशयपत्र बुझाउन सक्नेछन् ।परामर्शदाताको छनोट विश्व बैङ्कको खरिद नियमावली अनुसार ‘गुणस्तर र लागतमा आधारित छनोट’ विधिबाट गरिनेछ । यो कार्यको कुल अवधि करिब १५ महिनाको हुने र सम्भावित रूपमा नोभेम्बर २०२६ देखि कार्य सुरु हुने विभागले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend