जुम्लाः यहाँको तिला गाउँपालिका–१ स्थित रारामा तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’निर्माण गरिएको छ । पुल निर्माण भएपछि तिला ६, ७, ८ र ९ वडा सडक सञ्जालमा जोडिएका छन् । तिला–६ का वडाध्यक्ष जङ्गबहादुर रोकायाले पुल निर्माणपछि वडामा सवारी साधनको पहुँचमा भएको छ ।
उनले भने, “पुल सञ्चालनमा आएपछि सो गाउँपालिकाका १३ वटा गाउँबस्ती एकसाथ राष्ट्रिय सडक सञ्जाल सँग जोडिएको वडाध्यक्ष रोकायाको भनाइ छ ।” अब पुल निर्माण भई सञ्चालनमा आएपछि यहाँका दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न सहज पुग्ने तिला–९ का स्थानीयवासी खड्का रावतले बताए ।
पुल नबन्दा ग्रामीण भेगका सडक प्रयोगविहीन भएका थियो । अब पुल बनेपछि सवारी साधन चल्ने र जोखिम पूर्ण यात्राबाट मुक्त भएको तिला–९ का वडाध्यक्ष धनबहादुर रावतले बताउनुभयो । वडा सम्म ग्रामीण सडक निर्माण भइसकेका छन् । पुल सञ्चालनमा आए सँगै गाउँसम्म यतायातका साधन पुग्ने भएका छन् । यहाँका स्थानीयवासीलाई राहत हुने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।
विसं २०७८ मा सडक डिभिजन कार्यालय जुम्ला सँग ठेक्का सम्झौता भएको पुल निर्माण अवधि तीन वर्ष रहेको थियो । तोकिएको समयमा पुल निर्माण भएको ठेक्काएको निर्माण कम्पनीका प्रबन्धक सुनम खड्काले बताए ।
सङ्घीय सरकार अन्तर्गतको सडक विभागको रु १४ करोड बजेटको लागतमा पुल निर्माण भएको सडक डिभिजन कार्यालयले जनाएको छ । पुल आठ मिटर चौडाइ र ५५ मिटर लम्बाइ रहेकोे छ । तिला नदीमा निर्माण भएको पुल सञ्चालनमा आए सँगै यहाँका स्थानीयवासी, स–साना विद्यार्थी, बिरामी लगायतलाई ओहोर दोहोरमा सहज भएको तिला गाउँपालिकाले जनाएको छ ।
पुल निर्माण नहुँदा गाउँपालिका र बजार आउन करिब पाँचदेखि सात घण्टा बढी समय खर्चनुपर्ने अवस्था रहेको थियो । अब पुल निर्माण सँगै सवारीसाधन सञ्चालनमा आएपछि स्थानीयवासीलाई निकै राहत पुगेको तिलाका स्थानीयवासी बताउँछन् । गाउँपालिका सो वडाहरु भौगेलिक रूपमा विकट मानिन्छन् ।




.gif)





