images

२०८३ आश्विन १६ गते

images
images
images

रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा

रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा

रामग्राम नगरपालिका

images
images
शुक्रवार, जेठ २२ २०८३
शुक्रवार, जेठ २२ २०८३
  • बर्दघाट सुस्तापश्चिम, (नवलपरासी) २२ जेठ । बर्दघाट सुस्तापश्चिम नवलपरासीको रामग्राममा सांस्कृतिक भवन तथा सूचना केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । रामग्राम नगरपालिका–१४ मा रु ५४ लाखको लागतमा सो केन्द्र निर्माण सम्पन्न गर्न लागिएको हो ।
     
    सांस्कृतिक भवन र सूचना केन्द्र जेठ महिनासम्म सम्पन्न गर्नेगरी रामग्राम नगरपालिका र हडहिया माई साँस्कृतिक भवन निर्माण उपभोक्ता समितिबीच २०८२ पुसमा सम्झौता भएको थियो । हालसम्म ९५ प्रतिशत भवन निर्माण सम्पन्न गरिसकेको रामग्राम नगरपालिकाका इन्जिनियर ललितनारायण चौधरीले बताएका छन् ।

    images
    images

    स्वदेशी तथा विदेशी पर्यटक थारू संस्कृति देखेर लोभिने गरेकाले रामग्राम नगरपालिकाले थारू समुदायको बाक्लो बसोबास रहेको परसावल गाउँमा थारू संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि सांस्कृतिक भवन तथा सूचना केन्द्र स्थापनाको काम अघि बढाएको हो । स्वदेशी तथा विदेशी पर्यटकलाई राति बास बस्नका लागि स्थानीय थारू समुदायले होमस्टे निर्माण गरेर सञ्चालनमा ल्याउन लागेका छन् ।

    हडहिया माई देवीको मन्दिर तथा पुरातत्वसँग सम्बन्धित दुई बिघा पोखरीमा विगतका दिनमा बौद्ध भिक्षुहरू विश्राम गर्न आउने गरेका रामग्राम नगरपालिका–१४ का वडाध्यक्ष ओमप्रकाश यादवले बताएका छन् । हिन्दू तथा बौद्धधर्मसँग सम्बन्धित रहेकाले यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थारू समुदायले आफ्नो कला, सङ्गीत र नृत्य देखाउने उद्देश्यले रामग्राम नगरपालिकाले सांस्कृतिक भवन निर्माण गरेको हडहिया माई सांस्कृतिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपकप्रसाद चौधरीले बताएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend