images

२०८३ आश्विन १६ गते

images
images
images

मुस्ताङ भन्सारबाट १३ अर्ब ८७ करोडको कारोबार

मुस्ताङ भन्सारबाट १३ अर्ब ८७ करोडको कारोबार

images
images
बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • मुक्तिनाथ (मुस्ताङ), जेठ २० गते । उपल्लो मुस्ताङको नेचुङ मा अवस्थित मुस्ताङ भन्सार कार्यालयमार्फत १३ अर्ब ८६ करोड रुपियाँभन्दा बढी मूल्यका वस्तु आयात भएका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ ३० गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त भन्सार कार्यालयबाट जेठ १८ गतेसम्म नेपालबाट करिब २० करोड ५० लाख रुपियाँ बराबरको निर्यात तथा १३ अर्ब १६ करोड ८६ लाख ३ हजार रुपियाँ बराबरको आयात भएको छ ।आयातित वस्तुबाट भन्सार कार्यालयले ६ अर्ब ६६ करोड रुपियाँ राजस्व सङ्कलन गरेको भन्सार कार्यालय प्रमुख विदुर चुडालले जानकारी दिनुभयो ।

    images
    images

    चीनको तिब्बत स्वायत्त क्षेत्र अन्तर्गतको झोङ्बा जिल्लाबाट लिजी–नेचुङ (कोरला) नाका हुँदै विद्युतीय सवारी साधनसहित विभिन्न सामान बोकेका कन्टेनर नियमित रूपमा भित्रिने गरेका छन् । प्रमुख चुडालले भन्नुभयो, “विद्युतीय सवारी साधन आयात हुँदा राजस्व सङ्कलन उल्लेख्य रूपमा बढ्ने गरेको छ । दैनिकजसो निकासी–पैठारी भइरहेको भए पनि आयातको तुलनामा निर्यात बढ्न सकेको छैन ।”नेपाल–चीन जोड्ने कोरला नाका हुँदै विद्युतीय सवारी साधन, घरायसी सामग्री, कस्मेटिक, विद्युतीय उपकरण, कपडा तथा जुत्ता आयात हुने गरेका छन् । नेपालबाट भने हस्तकला सामग्री, कपडा लगायतका वस्तु निर्यात हुँदै आएका छन् । कोरला नाकामा नेपालतर्फ आवश्यक पूर्वाधार नबन्दा व्यवसायीलाई समस्या भइरहेको छ ।

    हालसम्म कोरला नाकाबाट दुई हजार ९९७ वटा विद्युतीय सवारी साधन भित्रिएका छन् । नाकामार्फत पटक–पटक अवैध ‘भेप’ (विद्युतीय चुरोट) तस्करी हुन थालेपछि निगरानी कडा पारिएको छ । गत जेठ १ गते एक लाख १८ हजार थान अवैध भेप बोकेको दुई कन्टेनरसहित चालक र सहयोगीलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । यसअघि पनि दुई पटक भेपसहित चालक पक्राउ परेपछि नाका क्षेत्रमा थप कडाइ गरिएको छ । सतहबाट चार हजार ६५० मिटर उचाइमा रहेको कोरला नाका सन् १९६० को दशकमा बन्द भएको थियो । चीनले तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएपछि तिब्बती खम्पा विद्रोहीहरूले नेपाली भूमि प्रयोग गर्न थालेकाले नाका बन्द गरिएको थियो । उक्त नाकाको औपचारिक उद्घाटन भने वि.सं. २०८० कात्तिक २७ गते गरिएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend