images

२०८३ आश्विन १६ गते

images
images
images
  • अर्थतन्त्र
  • नेपालले सिंगापुर बेभरेजमा बेच्यो१८ लाख रुपैयाँभन्दा...

नेपालले सिंगापुर बेभरेजमा बेच्यो१८ लाख रुपैयाँभन्दा बढीको निम्बु पानीसहितका पेय पदार्थ

नेपालले सिंगापुर बेभरेजमा बेच्यो१८ लाख रुपैयाँभन्दा बढीको निम्बु पानीसहितका पेय पदार्थ

images
images
सोमवार, जेठ १८ २०८३
सोमवार, जेठ १८ २०८३
  • काठमाडौं । निम्बुपानीसहित अन्य ब्रान्डको पेय पदार्थ उत्पादन गर्ने सिंगापुर बेभरेज नेपालले चालु आर्थिक वर्षको साढे ८ महिनाको अवधिमा ४६ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ ।यस हिसाबमा उक्त कम्पनीले औसतमा दैनिक करिब १८ लाख ७ हजार ८४३ रुपैयाँ बराबरको व्यापार गरेको देखिन्छ ।गत आवमा ७८ करोड २० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२४ मा ६४ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा ६१ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो ।

    images
    images

    कम्पनीको व्यापार २२ प्रतिशतले बढेको छ । कम्पनीले कारोबार गरेकोमध्ये ७५ प्रतिशत हिस्सा सफ्ट ड्रिङ्कको सेग्मेन्टबाट भएको छ । कम्पनीले गत आवमा १०.५७ प्रतिशत नाफा कमाएको थियो । चालु आवको साढे ८ महिनाको अवधिमा ७.३० प्रतिशत नाफा कमाएको छ।सन् २०१७ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका पेय पदार्थ उत्पादन गर्दै आएको छ । रामकृष्ण शर्मा र आशिष शर्माले व्यवस्थापन गर्दै आएको कम्पनीले जेम्स, जेरु र निम्बु पानी ब्रान्डको पेय पदार्थ उत्पादन गर्दै आएको छ ।कम्पनीमा राम कृष्ण शर्मा, डा. आशिष शर्मा, अनिता शर्मा र निधि शर्माको बराबर हिस्सा रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend