images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • सुपर एप बन्दै टिकटक, होटेल बुकिङदेखि...

सुपर एप बन्दै टिकटक, होटेल बुकिङदेखि बैङ्किङ सेवासम्म एउटै एपमा

सुपर एप बन्दै टिकटक, होटेल बुकिङदेखि बैङ्किङ सेवासम्म एउटै एपमा

images
images
सोमवार, जेठ १८ २०८३
सोमवार, जेठ १८ २०८३
  • काठमाडौँ । टिकटक अब सामाजिक सञ्जालमा मात्र सीमित नभई एउटै प्लेटफर्मबाट सबै प्रकारका डिजिटल आवश्यकताहरू पूरा गर्ने सुपर एप बन्दै गएको छ । भिडिओ शेयरिङ प्लेटफर्मको रूपमा चिनिएको टिकटकले पछिल्लो समय टिकटक शप, स्थानीय सर्चका लागि म्याप, गेमिङ र सर्च जस्ता फिचर थप्दै लगेको हो ।हालै यसले होटल बुकिङ सेवा सुरु गरेको छ भने फिनटेक (वित्तीय प्रविधि) लाइसेन्सका लागि समेत प्रक्रिया अघि बढाएको छ । चीनमा विच्याट एउटा यस्तो सुपर एप हो, जहाँ फेसबुक, ह्वाट्सएप, एप्पल पे र एप स्टोरका सबै सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध छन् । टिकटकले पनि सोही मोडेल पछ्याउन खोजिरहेको देखिन्छ ।

    images
    images

    सन् २०२६ को जनवरीमा मुख्य रूपमा अमेरिकी स्वामित्वमा रूपान्तरण भएपछि टिकटकले आफ्ना सेवाहरूलाई व्यापक बनाउँदै लगेको छ । यसै महिना टिकटकले अमेरिकामा टिकटक गो सार्वजनिक गरेको छ ।यसमार्फत प्रयोगकर्ताले एपभित्रै भिडिओ हेर्दै होटेल, पर्यटकीय आकर्षण र अनुभवहरू खोज्न र बुकिङ गर्न सक्छन् । यसले गर्दा प्रयोगकर्ताहरूले अब तेस्रो पक्षका वेबसाइटमा जानु पर्ने बाध्यता हटेको छ । यो कदमले गुगलको मुख्य व्यवसाय सर्च र गुगल म्याप्सलाई प्रत्यक्ष चुनौती दिएको छ । किनकि टिकटक अब भ्रमणका लागि गन्तव्य खोज्ने मात्र नभई भ्रमणको प्याकेज नै खरिद गर्ने प्लेटफर्म बनेको छ ।टिकटकले ब्राजिलको केन्द्रीय बैङ्कमा वित्तीय प्रविधि कम्पनीको रूपमा काम गर्न दुईवटा लाइसेन्सका लागि आवेदन दिएको छ । पहिलो लाइसेन्सले प्रयोगकर्तालाई प्रिपेड खाता सञ्चालन गर्न, पैसा जम्मा गर्न र भुक्तानी गर्न अनुमति दिनेछ ।

    दोस्रो लाइसेन्सले टिकटकलाई सिधै ऋण प्रदायक (Direct Credit Provider) को रूपमा काम गर्न वा ऋण लिने र दिनेहरू बीचको माध्यम बन्न अनुमति दिनेछ । यसबाट टिकटकले आम्दानीको नयाँ स्रोत सिर्जना गर्न र ई-कमर्स प्लेटफर्महरूसँग प्रतिस्पर्धा गर्न खोजेको छ ।सन् २०२१ मा परीक्षण सुरु भई २०२३ मा अमेरिकामा लन्च गरिएको टिकटक शपले अमेजन र सेन (Shein) जस्ता ठुला ई-कमर्स कम्पनीहरूलाई कडा टक्कर दिइरहेको छ । तथ्याङ्क अनुसार टिकटक शपको अमेरिकी बिक्री सन् २०२४ मा ४०७% र सन् २०२५ मा १०८% ले बढेर १५.८२ अर्ब डलर पुगेको छ ।सन् २०२७ सम्ममा अमेरिकाको कूल सोसल कमर्समा यसको हिस्सा २४.१% पुग्ने अनुमान गरिएको छ । हालै यसले लक्जरी रिटेल र गिफ्ट कार्डको क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।म्युजिक क्षेत्रमा आफ्नो प्रभाव जमाएको टिकटकले सन् २०२३ मा टिकटक म्युजिक नामक स्ट्रिमिङ सेवा सुरु गरे पनि एक वर्षमै बन्द गरेको थियो । तर अहिले यसले एप्पल म्युजिकसँग सहकार्य गर्दै प्रयोगकर्तालाई एपभित्रै पुरा गीत सुन्न सकिने सुविधा दिएको छ ।

    images
    images

    यति मात्र नभई, टिकटकले नेटफ्लिक्स जस्ता स्ट्रिमिङ दिग्गजहरूसँग प्रतिस्पर्धा गर्न माइक्रोड्रामा (एक मिनेटका शृङ्खलाबद्ध शोहरू) र मिनिस सेक्सन पनि सुरु गरेको छ । प्रयोगकर्तालाई एपमा बढी समय बिताउन आकर्षित गर्नका लागि टिकटकले विभिन्न क्याजुअल गेमहरू पनि उपलब्ध गराएको छ ।यसरी टिकटकले आफूलाई केवल भिडिओ हेर्ने माध्यमबाट बदलेर डिजिटल जीवनका हरेक आवश्यकता पूरा गर्ने एउटा विशाल इकोसिस्टमको रूपमा स्थापित गर्दै लगेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend