images

२०८३ आश्विन १६ गते

images
images
images

एमसीसी परियोजनामा २९ अर्ब ३४ करोड बजेट विनियोजन, पूँजीगत खर्चमा उच्च वृद्धि

एमसीसी परियोजनामा २९ अर्ब ३४ करोड बजेट विनियोजन, पूँजीगत खर्चमा उच्च वृद्धि

images
images
सोमवार, जेठ १८ २०८३
सोमवार, जेठ १८ २०८३
  • काठमाडौं- सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाका लागि आगामी आर्थिक वर्षमा २९ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ।अर्थ मन्त्रालयका अनुसार मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल अन्तर्गत कुल २९ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको हो। यसमध्ये नेपाल सरकारको स्रोतबाट ५ अर्ब ५५ करोड ७६ लाख रुपैयाँ र वैदेशिक अनुदानबाट २३ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ खर्च हुने लक्ष्य राखिएको छ।

    images
    images

    गत आर्थिक वर्ष २०८१/८२ मा यस परियोजनामा जम्मा २ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ मात्र खर्च भएको थियो। चालु आर्थिक वर्ष २०८२/८३ मा संशोधित अनुमान अनुसार खर्च ७ अर्ब ४९ करोड १३ लाख रुपैयाँ पुग्ने देखिएको छ।बजेट विवरणअनुसार एमसीसी अन्तर्गत चालु खर्च १ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ र पूँजीगत खर्च २७ अर्ब ९९ करोड ८० लाख रुपैयाँ रहने अनुमान गरिएको छ। परियोजनालाई आगामी वर्षमा तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित बजेट विनियोजन गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend