images

२०८३ आश्विन १६ गते

images
images
images

पाक्षिक ६३ करोड ८६ लाख रुपैयाँ घाटामा नेपाल आयल निगम

पाक्षिक ६३ करोड ८६ लाख रुपैयाँ घाटामा नेपाल आयल निगम

images
images
सोमवार, जेठ १८ २०८३
सोमवार, जेठ १८ २०८३
  • काठमाडौं- नेपाल आयल निगमले हाल पाक्षिक ६२ करोड ८६ लाख रुपैयाँ घाटा व्यहोर्नुपरेको जनाएको छ। निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य हाल कायम रहेको दरमै यथावत राख्ने निर्णय गर्दै आफ्नो वित्तीय अवस्थाबारे जानकारी गराएको हो।निगमका अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २२५ रुपैयाँ र १४.२ केजी एलपी ग्यासको मूल्य २ हजार १६० रुपैयाँ कायम रहनेछ।

    images
    images

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र त्यसको प्रत्यक्ष असर खरिद लागतमा परेको निगमले जनाएको छ। विशेषगरी मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व बजारमा कच्चा तेल तथा पेट्रोलियम पदार्थको मूल्यमा दबाब बढ्दै गएको उल्लेख गरिएको छ।निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गर्नुपर्ने अवस्था रहे पनि उपभोक्तामाथि थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले हालका लागि मूल्य नबढाइएको जनाएको छ।निगमले अन्तर्राष्ट्रिय बजारको अवस्था, खरिद लागत र समग्र आपूर्ति व्यवस्थालाई ध्यानमा राख्दै आगामी दिनमा आवश्यकताअनुसार मूल्य समायोजनबारे निर्णय गरिने पनि स्पष्ट पारेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend