images

२०८३ आश्विन १७ गते

images
images
images
  • कृषि
  • एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको अन्तरक्रिया...

एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको अन्तरक्रिया कार्यक्रम सम्पन्न

एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको अन्तरक्रिया कार्यक्रम सम्पन्न

images
images
आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको अन्तरक्रिया कार्यक्रम कम्पनीको अध्यक्ष श्री प्रवीण कुमार लामा ज्यूको अध्यक्षतामा होटेल पावन मिथिला गोलबजार, सिराहामा२०८३ जेष्ठ १५गते सम्पन्न भयो ।उक्त कार्यक्रममा सञ्चालक श्री चन्द्रमोहन श्याङ्वाले उपस्थित किसान र सम्पूर्ण सरोकारवालाहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि जिल्ला उपसभापति श्री दिलिपकुमार लामाले आफ्नो मन्तव्य राख्नु भएको थियो ।पशु विज्ञ श्री जगत यादवले किसानहरुमा व्यवसायिकता र आगामी दिनमा व्यवसायमा सुधार गर्नु पर्ने पक्षहरुको बारेमा विस्तृत जानकारी गराउनु भएको थियो ।सञ्चालक श्री प्रदिपयादवले कम्पनीको कार्यक्रमहरुको बारेमा जानकारी गराएको थियो ।

    images
    images

    उक्त कार्यक्रममा किसानहरुले आफ्ना उत्पादन बिक्रीको लागि व्यवस्थित बिक्री प्रणालीको विकास गरिदिन, बालीहरुको बीमा, कोल्ड स्टोर, अनुदानमा आधारित बैंक कर्जा उपलब्ध गराउन पहल गरिदिन सुझाव दिएका थिए ।उक्त सुझावहरु मध्ये हाल कम्पनीले बजारको सुनिश्चितता को लागि कृषि बजार इमाडोल, ललितपुरमा कृषिबजार स्थापना गरेको र आगामी दिनमा कम्पनीले निर्वाहमुखी उत्पादनलाई व्यवसायिक उत्पादन गर्न पहल गर्र्ने, बीमा कम्पनीहरुसँग समन्वय गरी बालीको बीमा गर्ने, कोल्ड स्टोरको लागि पहल गर्ने, बैंक तथावित्तीय संस्थाहरुु सँग समन्वय गरी बैंक कर्जा उपलब्ध गराउन पहल गर्ने र कृषि उद्योग सञ्चालन गरिने योजना रहेको कम्पनीका अध्यक्षले बताउनु भयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend