images

२०८३ आश्विन १६ गते

images
images
images
  • अर्थतन्त्र
  • वैदेशिक सहायता स्रोतबाट सञ्चालित आयोजनामा काम...

वैदेशिक सहायता स्रोतबाट सञ्चालित आयोजनामा काम गर्ने विदेशीलाई आयकर छुट

वैदेशिक सहायता स्रोतबाट सञ्चालित आयोजनामा काम गर्ने विदेशीलाई आयकर छुट

images
images
आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • काठमाडौं । सरकारले वैदेशिक सहायता स्रोतबाट सञ्चालित आयोजना तथा कार्यक्रमअन्तर्गत काम गर्ने निर्माण तथा सेवा प्रदायक विदेशी व्यक्ति र संस्थालाई आयकर छुट दिने व्यवस्था गरेको छ।आर्थिक वर्ष २०८३-८४ को बजेट कार्यान्वयनसँग सम्बन्धित कानुनी व्यवस्थाअनुसार नेपाल सरकार र दाता निकायबीच भएको सम्झौताअनुरूप सञ्चालित आयोजनामा संलग्न गैरबासिन्दा व्यक्ति, नेपालमा शाखा दर्ता गरेका विदेशी संस्था वा नेपालस्थित विदेशी स्थायी संस्थापनका रूपमा दर्ता भएका निर्माण तथा सेवा प्रदायकले आयकर छुट पाउने भएका हुन्।

    images
    images

    व्यवस्थाअनुसार सम्बन्धित वैदेशिक सहायता सम्झौता वा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम जारी कार्यान्वयनपत्रमा आयकर छुटको व्यवस्था गरिएको भए आर्थिक वर्ष २०८२-८३ भन्दा अघिका आर्थिक वर्षको आयमा समेत आयकर छुट लागू हुनेछ।यस्ता आयमा आयकर ऐन, २०५८ को अनुसूची–१ को दफा २ को उपदफा (६) बमोजिम लाग्ने करसमेत छुट हुने व्यवस्था गरिएको छ। सरकारले वैदेशिक सहायता प्राप्त आयोजनाको कार्यान्वयनलाई सहज बनाउने तथा विकास साझेदारसँग भएका सम्झौताअनुरूप करसम्बन्धी सुविधा सुनिश्चित गर्ने उद्देश्यले उक्त व्यवस्था ल्याएको जनाएको छ। यसमा विषेश गरि अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जस्तालाई फाइदा पुग्ने देखिन्छ ।

    null

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend