images

२०८३ आश्विन १६ गते

images
images
images

ट्राफिक कारबाहीमा छ लाख ४४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा छ लाख ४४ हजार राजस्व सङ्कलन

images
images
शनिवार, जेठ १६ २०८३
शनिवार, जेठ १६ २०८३
  • काठमाडौँ, १६ जेठ । बितेका २४ घण्टामा एक हजार ७७३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु छ लाख ४४ हजार ५०२ राजस्व दाखिला भएको छ ।

    images
    images

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १००, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११८, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २३७ जनालाई कारबाही गरिएको हो । 

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ८९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२०, एकतर्फी सडकमा सवारी चलाउने ९१ र अन्य सवारी नियम पालना नगरेका ८०० जनालाई कारबाही गरिएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend