images

२०८३ आश्विन १७ गते

images
images
images
  • कृषि
  • फलफूलका बिरुवा उत्पादनमा १५ प्रतिशत वृद्धि,...

फलफूलका बिरुवा उत्पादनमा १५ प्रतिशत वृद्धि, स्याउका ७ नयाँ जात सूचीकृत

फलफूलका बिरुवा उत्पादनमा १५ प्रतिशत वृद्धि, स्याउका ७ नयाँ जात सूचीकृत

images
images
शुक्रवार, जेठ १५ २०८३
शुक्रवार, जेठ १५ २०८३
  • काठमाडौं । नेपालमा फलफूल खेतीको क्षेत्रफल र उत्पादनमा क्रमिक सुधार हुँदै गएको पाइएको छ ।आर्थिक सर्वेक्षण २०८२/८३ का अनुसार आर्थिक वर्ष २०८१/८२ मा फलफूल उत्पादन र बिरुवा वितरण अवस्था सुधारोन्मुख देखिएको हो ।गत आव २०८१/८२ मा मुलुकभरि कुल १ लाख ४३ हजार ३ सय ८३ हेक्टर क्षेत्रफलमा फलफूल खेती गरिएको थियो, जसबाट १५ लाख १२ हजार ८ सय ५ टन फलफूल उत्पादन भएको थियो ।

    images
    images

    चालु आव फलफूल खेती गरिएको क्षेत्रफलमा सामान्य वृद्धि भई १ लाख ४६ हजार ९ सय ३२ हेक्टर पुग्ने अनुमान गरिएको छ । यसबाट उत्पादन पनि बढेर १५ लाख ५० हजार ६ सय २५ टन पुग्ने र उत्पादकत्व प्रतिहेक्टर १०.५५ टन रहने प्रक्षेपण गरिएको छ ।फलफूल क्षेत्र विकासका लागि राष्ट्रिय फलफूल विकास केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सहकार्यमा स्याउका सात वटा स्थानीय तथा नयाँ जात दर्ता भएका छन् ।दर्ता भएका जातमा गोल्डेन डेलिसियस, रोयल डेलिसियस, रेड डेलिसियस, रिचा रेड डेलिसियस, स्टार्स स्पर गोल्ड, स्टार क्रिमसन डेलिसियस र ब्राइट एन अर्ली छन् ।

    यी नयाँ जात विस्तारसँगै स्वदेशी स्याउ उत्पादनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।सरकारी फार्म केन्द्रहरूबाट फलफूलका बिरुवा उत्पादनमा पनि तीव्रता दिइएको छ । आव २०८१/८२ मा विभिन्न सरकारी फार्मबाट सुन्तला जातका १ लाख १२ हजार २ सय ३५, वर्षे फलफूलका २ लाख ४२ हजार ७ सय ८१ र हिउँदे फलफूलका ३४ हजार २ सय १२ गरी कुल ३ लाख ८९ हजार २ सय २८ बिरुवा उत्पादन भएका थिए ।चालु आव बिरुवा उत्पादनमा १५.६१ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखिएको छ । यस वर्ष करिब ४ लाख ५० हजार गुणस्तरीय फलफूलका बिरुवा उत्पादन गरी किसानलाई वितरण गर्ने सरकारको योजना छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend