images

२०८३ आश्विन १६ गते

images
images
images

भोजपुरको ऐसेलु खोलामा धमाधम पक्की पुल निर्माण हुँदै

भोजपुरको ऐसेलु खोलामा धमाधम पक्की पुल निर्माण हुँदै

images
images
शुक्रवार, जेठ १५ २०८३
शुक्रवार, जेठ १५ २०८३
  • भोजपुर– यहाँको  ऐसेलु खोलामा छ करोड ६९ लाखको लागतमा पक्की पुल निर्माण सुरु भएको छ। पुल बनेपछि आमचोक गाउँपालिका वडा नं २, ३, ५, ६, ७ का साथै रामप्रसादराई गाउँपालिकाका दुई वडाका सर्वसाधारणको दैनिक आवागमन सहज हुनेछ । 

    images
    images

    पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले कोशी प्रदेश सरकारको करिब रु छ करोड ६९ लाख लागतमा पुल निर्माण थालिएको राससलाई  जानकारी दिए । ‘ऐसेलु खोला पक्की पुल निर्माण सुरु गरेका छौँ’, प्रमुख रेड्डीले भने, ‘हाल तीनमध्ये एउटा पिलर ढलान भइसकेको छ ।’ दुई ‘स्पान’मा निर्माण हुने पुल  ५२ मिटर लामो हुनेछ । आगामी दुई वर्षमा निर्माण पूरा गर्ने लक्ष्य छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend