images

२०८३ आश्विन १६ गते

images
images
images

हेटौँडा-कुलेखानी-फाखेल सडक आजबाट एक महिना बन्द

हेटौँडा-कुलेखानी-फाखेल सडक आजबाट एक महिना बन्द

images
images
शुक्रवार, जेठ १५ २०८३
शुक्रवार, जेठ १५ २०८३
  • मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरिको मार्ग हेटौँडा-कुलेखानी-फाखेल सडक एक महिनाका लागि बन्द गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दुरीको हेटौँडा-कुलेखानी-फाखेल-फर्पिङ सडकखण्ड जेठ १५ गतेदेखि एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको हो ।पूर्वाधार विकास कार्यालय, हेटौँडाले निर्माण कार्यका लागि सडक बन्द गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई आग्रह गरे अनुसार सो सडक पूर्णरुपमा बन्द गरिएको हो । सो सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित महालक्ष्मी खोलामा पक्की पुल निर्माण भइरहेको र सोही खण्डमा जेठ १५ गतेदेखि सडक ढलानको कार्य सुरु हुन लागेकाले सडक बन्द गर्न लागिएको हो। 

    images
    images

    चालू आर्थिक वर्ष २०८२/८३ भित्रै काम सम्पन्न गर्नुपर्ने दबाब र सडकमा सवारी साधनको अत्यधिक चापका कारण निर्माण कार्यमा अवरोध पुग्ने तथा जामका कारण यात्रुले सास्ती भोग्नुपर्ने देखिएकाले सडक बन्द गरिएको हो । यात्रु तथा सवारी धनीहरूले हेभी-सिस्नेरी-दक्षिणकाली-फर्पिङ सडक खण्डलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न आग्रह गरिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend